birat ribon

निर्वाचन आयोगले गर्यो पूर्वप्रमुख आयुक्तसँग छलफल

Neuro
निर्वाचन आयोगले गर्यो पूर्वप्रमुख आयुक्तसँग छलफल

विराटनगर । निर्वाचनको तयारीका सन्दर्भमा सोमबार निर्वाचन आयोगले पूर्वप्रमुख आयुक्तसँग छलफल गरेको छ ।

Padelux insider
cura insider

पूर्वप्रमुख आयुक्तहरूले राजनीतिक निकासपछि मात्रै निर्वाचनको तयारी गर्न आयोगलाई सुझाएका छन् । सो छलफलमा पूर्वप्रमुख आयुक्तहरूले दलहरूसँगको सहकार्य गरेर मात्रै निर्वाचनमा अघि बढ्न सुझाएका हुन् । उनीहरूले आयोगलाई संयुक्त रूपमा निर्वाचन गर्नेबारे दलहरूसँग निरन्तर सर्वदलीय बैठक गर्न, चुनावी माहोल निर्माण गर्न र सरकारलाई चुनावी माहोल निर्माण गर्ने वातावरण बनाइदिन आग्रह गर्नुपर्ने सुझाए ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोगले निर्वाचनको तयारी र निर्वाचनका सन्दर्भमा गरिरहेको कामबारे पूर्वप्रमुख आयुक्तहरूसँग छलफल गरेको जानकारी दिए ।

निर्वाचन आयोगले भने मतदाता अद्यावधिक कार्यक्रम सुरु भएको, मतदान स्थल पुनरावलोकनको काम जारी रहेको र आचारसंहिताको खाका बनाइरहेकोबारे जानकारी गरायो । यसैगरी निर्वाचन प्रयोजनका लागि दल दर्ताको तयारी र आवश्यक बजेटका विषयमा समेत भइरहेको प्रगति र दलहरूसँग विभिन्न चरणमा भएका छलफलबारे जानकारी दिइयो ।

सरकारले १७ र २७ वैशाखमा गरी दुई चरणमा सम्पन्न गर्ने गरी प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेयता आयोगले निर्वाचनबारे सबै पक्षसँग छलफल गर्दै आइरहेको छ । राजधानी दैनिकमा समाचार छ

jackson ribon