birat ribon

सैनिक ‘कू’ को चौतर्फी विरोध

Neuro
सैनिक ‘कू’ को चौतर्फी विरोध

विराटनगर । म्यानमारको सैनिक टेलिभिजनले म्यानमारको सम्पूर्ण सत्ता एक वर्षका लागि आफूहरूले नियन्त्रणमा लिएको घोषणा गरेको छ ।

Padelux insider
cura insider

प्रजातन्त्रवादी नेतृ आङ सान सुकीसहित देशका सबैजसो वरिष्ठ राजनीतिज्ञलाई सेनाले नियन्त्रणमा लिएको पनि जनाएको छ । म्यानमारमा भएको सैनिक ‘कू’ को चौतर्फी विरोध हुन थालेको छ । अमेरिका, अस्ट्रेलिया र अन्य मुलुकले विज्ञप्ति प्रकाशन गरी म्यानमारको पछिल्लो अवस्थाप्रति चिन्ता प्रकट गर्दै म्यानमारको सेनालाई कानुनी शासनको सम्मान गर्न आग्रह गरेका छन् ।

संयुक्त राष्ट्रसंघले पनि म्यानमारमा सेनाले सत्ता कब्जा गरेको घटनाको निन्दा गरेको छ । महासचिव एन्टेनियो गुटेर्रेसले घटनाको ‘कडा शब्द’मा निन्दा गर्नुका साथै नेतृ सुकी र राष्ट्रपति विन मिन्टलगायतका नेतालाई थुनामा लिइएकोप्रति गम्भीर चासो व्यक्त गरेका छन् ।

अप्रजातान्त्रिक कदमको भारतले पनि विरोध गरेको छ । म्यानमारको असंवैधानिक कदमको लाखौं रोहिंग्या शरणार्थीलाई शरण दिँदै आएको बंगलादेशले पनि विरोध गरेको छ ।

सैनिक नियन्त्रणमा रहेकी म्यानमारकी नेतृ आङ सान सुकीले नागरिकलाई सैनिक ‘कू’ अस्वीकार गर्दै प्रतिरोध गर्न आग्रह गरेकी छन् । नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) को फेसबुक पेजबाट सुकीको प्रतिनिधित्व गर्दै सन्देश पोस्ट गरिएको छ । एनएलडी गत नोभेम्बरमा भएको चुनावमा लागि प्रयोग गरेको चेयर एनएलडी पेज हो । सन्देशमा नागरिकलाई सैनिक ‘कू’ अस्वीकार गर्न र त्यसको प्रतिरोध गर्न आग्रह गरिएको छ । राजधानी दैनिकमा समाचार छ

jackson ribon