birat ribon

नेपाललाई विकास गर्ने सोचसहितको अवधारणा

Neuro
नेपाललाई विकास गर्ने सोचसहितको अवधारणा

विराटनगर । राष्ट्रिय योजना आयोगले नेपाललाई उच्च जीवनस्तर भएका सुखी नागरिक बसोबास गर्ने मुलुकका रूपमा विकास गर्ने सोचसहितको अवधारणापत्र बनाएको छ ।

Padelux insider
cura insider

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको आयोगको पूर्ण बैठकले यस्तो अवधारणापत्र पारित गरेको हो । आयोगको पूर्ण बैठकमा प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल र सुखी नेपालीको’ यात्राले गति प्रारम्भ गरिसकेको बताए ।

आयोगका सदस्य तथा प्रवक्ता मीनबहादुर शाहीले आयोगको पूर्ण बैठकमा यस्तो अवधारणा पारित भएको जानकारी दिए । उनका अनुसार अवधारणापत्रले समुन्नत, स्वाधीन र समाजवाद उन्मुख अर्थतन्त्रसहितको समान अवसर प्राप्त स्वस्थ्य, शिक्षित, मर्यादित नागरिक बस्ने मुलुकका रूपमा समेत नेपाललाई रूपान्तरण गर्ने लक्ष्य राखेको हो ।

यसले तीव्र आर्थिक वृद्धि, स्थायित्वका माध्यमबाट विकासशील र मध्यम आय भएको राष्ट्र हुँदै दीगो विकास लक्ष्य प्राप्त हुनुका साथै समुन्नत राष्ट्रमा रूपान्तरण हुनेसमेत उल्लेख गरेको छ । यस अवधारणापत्र अनुसार नेपाल आगामी २०७९ सालमा अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुनेछ । सरकारले सन् २०२१ मा भने उच्च आय भएको मुलुकमा रूपान्तरण हुने बताएको छ । त्यसबेला नेपालीको प्रतिव्यक्ति आय १२ हजार १ सय अमेरिकी डलर पुग्ने भएको छ ।

तर, यसको लक्ष्य भेटाउन भने कम्तीमा पाँच आवधिक योजना अर्थात २५ वर्ष कुर्नुपर्नेछ । राजधानी दैनिकमा समाचार छ

jackson ribon