birat ribon

सर्जियो कोरोना सङ्क्रमणमुक्त

Neuro
सर्जियो कोरोना सङ्क्रमणमुक्त

विराटनगर/ इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अगुइरो कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । अर्जेन्टनी स्टारले सामाजिक सञ्जाल ट्विटरमार्फत आफू कोरोना जित्न सफल भएकाे बताएका हुन् ।

Padelux insider
cura insider

गत १० जनवरीमा कोरोना सङ्क्रमितको क्लोज कन्ट्याक्टमा आएको पाइएपछि उनी सेल्फ आइसोलेशनमा बसेका थिए । सर्जियोलाई २१ जनवरीमा कारोना सङ्क्रमण पुष्टि भएको थियो ।

कोरोनामुक्त भएसँगै सर्जियो बर्न्लीसँगकाे खेलबाट मैदान फर्किने अपेक्षा गरिएकाे छ । सिटीले प्रिमियर लिगअन्तर्गत बुधबार बर्न्लीसँग उसैकाे मैदानमा खेल्दैछ ।

हाल सिटी घरेलु लिगमा शीर्ष स्थानमा छ । उसले २० खेलमा ४४ अङ्क जाेडेकाे छ ।

jackson ribon