birat ribon

भारतमा नियन्त्रण हुँदै सङ्क्रमण

Neuro
भारतमा नियन्त्रण हुँदै सङ्क्रमण

विराटनगर । कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण हुँदै गइरहेको छ ।

Padelux insider
cura insider

कम हुँदै गइरहेको दैनिक भेटिने नयाँ र ज्यान गुमाउने सङ्क्रमितको सङ्ख्याले महामारी नियन्त्रणनजिक पुगेको पुष्टि गर्छ । भारतमा दैनिक एक सयको हाराहारीमा सङ्क्रमितको मृत्यु भइरहेको छ । दैनिक आठ हजार हाराहारीमा नयाँ सङ्क्रमित भेटिने गरेका छन् ।

तीव्र रुपमा सङ्क्रमण फैलिइरहँदा यसअघि दैनिक २० हजार बढी नयाँ सङ्क्रमित भेटिने गरेका थिए । एक दिनमा एक हजारभन्दा बढीको मृत्यु कोरोना सङ्क्रमणका कारण हुने गरेको थियो । पछिल्लो २४ घण्टामा ९३ जना सङ्क्रमितको ज्यान गएको छ । हालसम्म भारतमा मृत्यु हुने सङ्क्रमितको सङ्ख्या एक लाख ५४ हजार पाँच सय २१ पुगेको छ ।

एक दिनमा आठ हजार पाँच सय ४० जना नयाँ बिरामी भेटिएका छन् । हालसम्म भारतमा एक करोड सात लाख ६७ हजार एक सय ५९ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । सङ्क्रमितमध्ये एक करोड चार लाख ४७ हजार तीन सय ५९ जना उपचारपछि निको भएका छन् । एक लाख ६५ हजार दुई सय ७९ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा एक हजार छ सय ६० जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने सङ्ख्या चार लाख ५३ हजार नौ सय ६९ पुगेको छ । एकै दिन एक लाख नौ हजार एक सय १४ जना नयाँ बिरामी भेटिएका छन् । अमेरिकामा अहिलेसम्म दुई करोड ६८ लाख ९२ हजार नौ सय ९२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

अमेरिकामा पनि केही समययता सङ्क्रमण कम हुँदै गइरहेको छ । दैनिक एक लाख ५० हजारभन्दा बढी नयाँ बिरामी भेटिने गरेका थिए । कोरोनाका कारण तीन हजार हाराहारीमा सङ्क्रमितको मृत्यु भइरहेको थियो ।

अमेरिकामा सङ्क्रमण पुष्टि भएकामध्ये एक करोड ६५ लाख ८२ हजार नौ सय ७८ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् ९८ लाख ५६ हजार ४५ जनाको उपचार जारी रहेकोमा २४ हजार दुई सय जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा एकै दिन पाँच सय ६५ जनाको मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउने सङ्क्रमित सङ्ख्या दुई लाख २५ हजार ९९ पुगेको छ । नयाँ २४ हजार पाँच सय ९१ बिरामी थपिएपछि सङ्क्रमित ९२ लाख २९ हजार तीन सय २२ पुगेका छन् । सङ्क्रमितमध्ये ८० लाख २७ हजार ४२ जना उपचारपछि निको भएका छन् ।

नौ लाख ७७ हजार एक सय ८१ जनाको उपचार भइरहेको छ । उपचाररतमध्ये आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

कोरोना प्रभावित मुलुकमध्ये चौथो नम्बरमा रहेको रसियामा एकै दिन चार सय ३७ जनाको ज्यान गएसँगै हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ७३ हजार छ सय १९ पुगेको छ । पछिल्लो २४ घण्टामा १७ हजार छ सय ४८ नयाँ बिरामी भेटिएका छन् । हालसम्म सङ्क्रमित सङ्ख्या ३८ लाख ६८ हजार ८७ पुगेको छ ।

सङ्क्रमितमध्ये ३३ लाख १८ हजार एक सय ७३ जनाको उपचार सम्भव भएको छ । उपचारपछि निको भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । चार लाख ७६ हजार दुई सय ९५ जनाको उपचार भइरहेको छ । उपचाररतमध्ये दुई हजार तीन सय जनाको अवस्था गम्भीर छ ।

बेलायतमा एकै दिन चार सय जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ज्यान गुमाउनेको सङ्ख्या एक लाख छ हजार पाँच सय ६४ पुगेको छ । पछिल्लो २४ घण्टामा १८ हजार छ सय सात जना नयाँ बिरामी थपिए । हालसम्म सङ्क्रमित सङ्ख्या ३८ लाख ३५ हजार सात सय ८३ पुगेको छ ।

सङ्क्रमितमध्ये १७ लाख ६९ हजार नौ सय ७२ जना उपचारपछि निको भएका छन् । १९ लाख ६१ हजार दुई सय ४७ जनाको उपचार जारी रहेकोमा तीन हजार आठ सय ३२ जनाको अवस्था चिन्ताजनक छ । बेलायत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वको पाँचौं नम्बरमा रहेको मुलुक हो ।

विश्वमा कोरोना सङ्क्रमण नियन्त्रण हुँदै गइरहेको छ । यसअघि दैनिक १० हजार जनाको मृत्यु हुने गरेको थियो । एक दिनमा पाँच लाख बढी सङ्क्रमित भेटिने गरेका थिए । केही दिनयता दैनिक ज्यान गुमाउने र भेटिने सङ्क्रमित सङ्ख्या कम हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा आठ हजार छ सय ५० जनाको मृत्यु भएसँगै विश्वमा हालसम्म ज्यान गुमाउने सङ्क्रमितको सङ्ख्या २२ लाख ४६ हजार चार सय ३५ पुगेको छ ।

एकै दिन तीन लाख ६५ हजार दुई सय ८६ नयाँ बिरामी थपिए । हालसम्म विश्वमा सङ्क्रमित सङ्ख्या १० करोड ३८ लाख ९१ हजार चार सय ८७ पुगेको छ । सङ्क्रमितमध्ये सात करोड ५६लाख सात हजार २१ जना उपचारपछि घर फर्किएका छन् । दुई करोड ६० लाख ३८ हजार ३१ सङ्क्रमितको उपचार जारी छ । उपचाररतमध्ये एक लाख सात हजार नौ सय ६४ जनाको अवस्था गम्भीर छ ।

jackson ribon