birat ribon

‘सहकर्मीका लागि मेस्सीभन्दा रोनाल्डो ठीक’

Neuro
‘सहकर्मीका लागि मेस्सीभन्दा रोनाल्डो ठीक’

विराटनगर/ब्राजिलियन मिडफिल्डर अर्थर मेलोले विश्वका स्टार फुटबलरद्वय लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो दुवैसँग खेल्ने मौका पाए । हालैमात्र बार्सिलोनाबाट युभेन्टस गएका उनी अहिले पोर्चुगिज स्टार रोनाल्डोसँग खेलिरहेका छन् ।

Padelux insider
cura insider

साउथ अमेरिकन स्टार अर्थर यसै समर ट्रान्सफरमा क्याप नोउबाट टुरिन गएका हुन् । उनले बार्सिलोनाको जर्सीमा उनले ७२ खेलमा चार गोल गरेका थिए । पछिल्लो पटक एक अन्तर्वार्तामा अर्थरले सहकर्मीका लागि मेस्सीको तुलनामा रोनाल्डो ठीक भएको बताएका छन् ।

अन्तर्वार्तामा अर्थरले मेस्सी र रोनाल्डो दुवै प्रतिभावान खेलाडी भएको उल्लेख गरे । ‘उनीहरू सबै कुराका च्याम्पियन हुन् । यसमा मेस्सी र रोनाल्डो समान छन्, सुरुदेखि अन्त्यसम्म समान । यदि, उनीहरूले तीन गोल गरे भने तत्काल चौथो गोलका बारेमा सोच्छन् । दुवै जनाले अरूलाई प्रोत्साहन गर्छन् र तपाईँलाई उत्कृष्ट बन्न सहयोग गर्छन्’, उनले भने ।

यसैगरी अर्थरले मेस्सी र रोनाल्डोको तुलना गर्दै पाँच पटकका बालोन डी‘ओर रोनाल्डो धेरै कुरा गर्ने र पहुँचयोग्य खेलाडी भएको बताए । ‘दुवैको तुलना गर्नुपर्दा मेस्सीभन्दा रोनाल्डो पहुँचयोग्य खेलाडी हुन् । उनी टिममेटका लागि ठीक छन् । किनकि उनी हामीसँग धेरै कुरा गर्न मन पराउँछन् । टिममेटका बारेमा कुरा काट्दैनन् बरु प्रेरणा दिन्छन्’, उनले थपे ।

यस्तै अर्थरले रोनाल्डो जनवारको जस्तै प्रशिक्षणमा लागिपर्ने पनि बताए । ‘उनी जनवारजस्तै प्रशिक्षण गर्छन्, उनी आफैंलाई थाहा छैन कि विश्राम भनेको के हो र उनी सधैं उत्कृष्टताका लागि प्रोत्साहन गर्छन् । उनी कुनै पनि मौका छोड्दैनन् । एकाबिहानै प्रशिक्षणस्थलमा देखिनु उनको विशेषता हो । मानसिक रूपमा पनि उनी बलिया छन्,’ उनले भने ।

jackson ribon