birat ribon

करिश्माको ‘बनवास’मा सरोज र कविता

Neuro
करिश्माको ‘बनवास’मा सरोज र कविता

विराटनगर । अभिनेत्री करिश्मा मानन्धरले नयाँ फिल्म निर्माण गर्ने भएकी छन् । पछिल्लो पटक ‘फागु’ बनाएकी उनले छोरी कविता मानन्धर र अभिनेता सरोज खनाललाई लिएर फिल्म ‘बनबास’ बनाउन लागेकी हुन् ।

Padelux insider
cura insider

आइतवार साँझ फेसबुकमा थिम पोस्टर सार्वजनिक गर्दै उनले ‘बनबास’ निर्माण गर्ने घोषणा गरेकी हुन् । उनले कथा परिवारको, कथा सम्बन्धको ‘बनबास’ भनेर पोस्ट गरेकी थिइन् ।

उक्त पोस्ट अनुसार फिल्ममा पिता र छोरीको सम्बन्धको कथा देख्न पाइनेछ । छोरीको भूमिका कविताले निर्वाह गर्नेछिन् भने पिताको भूमिकामा अभिनेता सरोज अनुबन्ध भएका छन् । फिल्म निर्माणको घोषणा हुनुअघि करिश्माले आफैँ फिल्म निर्देशन गर्ने चर्चा चलेको थियो ।

तर उनले फिल्म निर्देशन नगर्ने बताइन् । पारिवारिक कथामा निर्माण हुने ‘बनबास’ को निर्देशन सुशील क्षेत्रीले गर्ने भएका छन् भने फिल्मको कथा सुशील आफैँले तयार पारेका हुन् ।

jackson ribon