birat ribon

छैटौँ दिनसम्म एक लाखभन्दा धेरैले लगाए कोरोनाविरुद्धको खोप

Neuro
छैटौँ दिनसम्म एक लाखभन्दा धेरैले लगाए कोरोनाविरुद्धको खोप

विराटनगर । कोरोना भाइरस विरुद्धको ‘कोभिशिल्ड’ खोप छैटौँ दिन एक लाखभन्दा धेरैले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार सोमबारसम्म एक लाख १३ हजार एक सय ७५ व्यक्तिले लगाएका छन् ।

Padelux insider
cura insider

उनले प्रदेश नं १ मा १५ हजार तीन सय २९, प्रदेश नं २ मा १५ हजार २४, वाग्मती प्रदेशमा ४० हजार दुई ७२, गण्डकी प्रदेशमा १३ हजार नौ सय २२ जना, लुम्बिनी प्रदेशमा १४ हजार छ सय ४०, कर्णाली प्रदेशमा छ हजार एक सय ३१ र सुदूरपश्चिम प्रदेशमा सात हजार आठ ५७ जनालाई खोप दिइएको जानकारी दिए ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप यही माघ १४ गतेदेखि देशभरि १९१ खोपकेन्द्रबाट अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मीसहित अन्यलाई दिन थालिएको हो ।

पहिलो चरणको खोप लगाउन अब चार दिन मात्र बाँकी भएकोले सूचीकृत सबैलाई खोप लगाउन आग्रह गरिएको छ ।

jackson ribon