birat ribon

विराटनगरका दस वटा भित्री सडक कालोपत्रे बन्दै

Neuro
विराटनगरका दस वटा भित्री सडक कालोपत्रे बन्दै

विराटनगर । विराटनगर महानगरपालिकाभित्रका १० वटा सडक पक्की बन्ने भएका छन् । सङ्घीय सरकारको भौतिक तथा पूर्वाधार मन्त्रालयको बजेटमा सडक बन्न लागेका हुन् ।

Padelux insider
cura insider

नेकपाका महानगर कमिटी अध्यक्ष सागर थापाले केही दिनअघि काठमाडौँमा गएर भौतिकमन्त्री वसन्त नेम्वाङसँग डेलिकेसन गरेपछि कालोपत्रे बन्ने भएको हो । सडकका लागि विराटनगरस्थित डिभिजन सडक कार्यालयले सोमबार टेण्डरसमेत आह्वान गरेको छ ।

थापाका अनुसार विराटनगर–५ स्थित सिटी रुटअन्तर्गत विराटनगर–५ को वडा कार्यालयदेखि शान्तिचौकसम्म, वडा नम्बर २ को मुनाल मार्ग हुँदै सोमबारे मार्गसम्म, वडा नं १२ को पञ्चमुखी चौकदेखि मङ्गलबारे हटियासम्म, वडा नं ४ को सगरमाथा एकलबिया मार्ग, बाबाकुटी सञ्जीवनी मार्ग, आयुर्वेदिक मार्गमा कालोपत्रे हुने छन् ।

यस्तै विराटनगर ८ को सङ्गम मार्ग, वडा नं १७ को हिमालय मार्ग, वडा नं ११ को जनसहयोग मार्ग, ६ को अमान मार्ग कालोपत्रे हुने भएको छ । सबै मार्गको दूरी करिब ४ किलोमिटर र लागत ५ करोड रुपैयाँ हुने डिभिजन सडक कार्यालय विराटनगरले जनाएको छ ।

jackson ribon