birat ribon

भारत बजेट : यस पटकको रक्षा बजेट १५ वर्षपछि सबैभन्दा धेरै

Neuro
भारत बजेट : यस पटकको रक्षा बजेट १५ वर्षपछि सबैभन्दा धेरै

विराटनगर/भारतमा सन् २०२१—२२ का लागि रक्षा बजेटमा अत्यधिक वृद्धि गरिएको छ । अर्थमन्त्री निर्मला सीतारमणले रक्षाका लागि ४ दशमलव ७८ लाख करोड बजेट छुट्याइएको घोषणा गरेकी हुन् ।

Padelux insider
cura insider

रक्षाका लागि अहिले छुट्याइएको रकम १५ वर्षपछिकै सबैभन्दा धेरै भएको बताइएको छ । अधिकारीहरूका अनुसार अघिल्लो बर्ष रक्षाका लागि ४ दशमलव ७१ करोड भारतीय रुपैयाँ छुट्याइएको थियो ।

रक्षा शीर्षकमा बजेट अत्यधिक धेरै छुट्याइएकोमा रक्षामन्त्री राजनाथ सिंहले प्रधानमन्त्री नरेन्द्र मोदी र अर्थमन्त्री सीतारमणलाई धन्यवाद दिएका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष रक्षाका लागि १९ प्रतिशत बजेट वृद्धि भएको छ र यो रकम १५ वर्षपछिकै सबैभन्दा धेरै भएको रक्षामन्त्री सिंहले बताए ।

अर्थमन्त्री सीतारमणले सोमबार भारतको केन्द्रीय सरकारको वार्षिक बजेट घोषणा गरेकी थिइन् । भारतको यस वर्षको बजेट ४ दशमलव ७८ करोडको रहेको छ ।

jackson ribon