birat ribon

संसद् पुनर्स्थापना नै अन्तिम विकल्प : डा कोइराला

Neuro
संसद् पुनर्स्थापना नै अन्तिम विकल्प : डा कोइराला

इटहरी/नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काङ्ग्रेस चुनावमा जान तयार रहे पनि अहिलेको अवस्थामा पुनःस्थापना नै अन्तिम विकल्प भएको जिकिर गरेका छन् ।

Padelux insider
cura insider

सोमबार सुनसरीको इटहरीमा प्रतिनिधिसभा विघटनविरुद्ध काङ्ग्रेसका विभिन्न भ्रातृ सङ्गठनले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रतिनिधिसभा पुनःस्थापना गर्नाको विकल्प नरहेको बताउँदै काङ्ग्रेस एक ढिक्का भएर अगाडि बढे वडादेखि केन्द्रसम्म विजय निश्चित भएको जिकिर गरे ।

सो अवसरमा प्रदेश नं १ का प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले काङ्ग्रेस अहिले संसद् पुनःस्थापनाकै माग गरेर अगाडि बढ्नाको विकल्प नरहेको बताए ।

jackson ribon