birat ribon

प्रकाशले नेरोकाबाट आइलिग खेल्ने

Neuro
प्रकाशले नेरोकाबाट आइलिग खेल्ने

विराटनगर । नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रकाश बुढाथोकीले एसियाकै प्रतिष्ठित मानिने भारतको आइलिग खेल्ने भएका छन् । भारतको ‘ए’ डिभिजन क्लबहरू खेल्ने राष्ट्रिय लिगका लागि उनी भारतको मणिपुरस्थित नेरोका एफसीमा अनुबन्धित भएका हुन् ।

Padelux insider
cura insider

बुढाथोकीलाई धरानको पुरानो फुटबल क्लब धरान फुटबल क्लबले रु आठ हजार नगदसहित उनलाई सोमबार बिदाइ गरेको छ । उनी धरान उपमहानगरपालिका–२० पटनाली निवासी हुन् । एन्फा १ नं प्रदेश अध्यक्ष तथा क्लबका अध्यक्ष किशोर राईले सफलताको शुभकामना दिँदै उनलाई बिदाइ गरे ।

धरान फुटबल क्लबबाट आफ्नो फुटबल यात्रा सुरु गरेका बुढाथोकीले नेपालको राष्ट्रिय टोलीबाट खेल्दै आएका थिए । २७ वर्षीय बुढाथोकी शहीद स्मारक ‘ए’ डिभिजन फुटबल प्रतियोगिताको तीन पटकका विजेता टोलीबाट खेलिरहेका छन् ।

त्यस्तै भूटानको ‘ए’ डिभिजनमा पारो एफसीबाट सन् २०१८ को याममा उपविजेता हुँदा सहभागी भएका थिए । उनी आइलिग खेल्ने दोस्रो नेपाली खेलाडी हुन् । दुई वर्षअघि किरण चेम्जोङले आइलिग खेल्ने अवसर पाएका थिए ।

jackson ribon