birat ribon

अब देशमा मान्छे मार्ने आन्दोलन हुनै सक्दैन : प्रधानमन्त्री ओली

Neuro
अब देशमा मान्छे मार्ने आन्दोलन हुनै सक्दैन : प्रधानमन्त्री ओली

लहान । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा मानिसको हत्या गर्ने आन्दोलन सम्भव नभएको बताएका छन् । सोमबार सिरहा सदरमुकाममा आयोजित शहीद हेमनारायण यादवको १७औँ स्मृतिसभालाई सम्बोधन गर्दै उनले मुलुकमा अब मान्छे मार्ने आन्दोलन हुन नसक्ने बताएका हुन् ।

Padelux insider
cura insider

‘अब मुलुकमा मान्छे मार्ने आन्दोलन हुनै सक्दैन । त्यसैले त्यस्तो सपना नदेख्दा हुन्छ,’ उनले भने, ‘संसद् विघटन संवैधानिक छ । संसद् विघटनलाई असंवैधानिक रहेको तर्क–वितर्क गरिरहेका छन्, संसद् विघटन संवैधानिक नै हो, त्यसैले अब विघटित प्रतिनिधिसभा पुनर्स्थापना हुने, पार्टी फुटाउने, फुटेको पार्टी विभिन्न तत्वसँग मिलेर, जोडघटाउ गरेर, किनबेच गरेर नक्कली सरकार खडा गर्ने काम हुन सक्दैन ।’

नयाँ जनादेशबाट सरकार बन्नुपर्ने उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले मुलुकलाई अस्थिरतामा धकेल्न खोज्ने र जनतालाई भ्रममा पार्न खोज्नेहरूले संसद् विघटन असंवैधानिक भएको भनिरहेको उल्लेख गरे ।

‘उनीहरूले भने जस्तो संसद् विघटन असंबैधानिक होइन, संवैधानिक छ । अब मुलुक अब पछाडि फर्किँदैन, निर्धारित मितिमै निर्वाचन हुन्छ’, उनले थपे ।

jackson ribon