birat ribon

चुनाव चिह्न फ्रिज गराउने षडयन्त्र भइरहेको छ : नेपाल

Neuro
चुनाव चिह्न फ्रिज गराउने षडयन्त्र भइरहेको छ : नेपाल

काठमाडौँ/नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले पार्टीको आधिकारिकता कसैलाई नदिएर चुनाव चिह्न फ्रिज गराउने षडयन्त्र भएको बताएका छन् ।

Padelux insider
cura insider

सोमबार नेकपा प्रचण्ड¬–माधव समूहको केन्द्रीय कमिटीको चौथो बैठकको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष नेपालले पार्टीको आधिकारिकता कसैलाई पनि नदिएर चुनाव चिह्न फ्रिज गराउने षडयन्त्र भइरहेको बताएका हुन् । निर्वाचन आयोगले पत्र पठाएर आधिकारिकताका सवालहरु उठाउन खोज्नुले षडयन्त्र भइराखेको अनुभूति भएको उनले बताए ।

केन्द्रीय कमिटीमा एक चौथाइ सदस्यसमेत नरहेको केपी ओली पक्षको आधिकारिकता हुनै नसक्ने दावी गर्दै अध्यक्ष नेपालले आफूहरू नै आधिकारिक भएको दाबी गरे । ‘निर्वाचन आयोगले यसबीचमा हामीलाई पत्र पठाएको छ र त्यो पत्रमा उसले आधिकरिकताका सवालहरू उठाउन खोजेको देखिन्छ,,’ उनले भने, ‘केपी ओली जोसँग एक चौथाइ केन्द्रीय सदस्य पनि छैनन् त्योसँग पार्टीको आधिकारिकता हुन सक्दछ ? दाबा गर्न मिल्छ ? त्यसो हुनाले सबै सवालहरूका बारेमा हामीले समुचित जवाफ दिनुपर्ने आवश्यकता छ ।’

उनले पार्टीको आधिकारिकता कसैलाई पनि नदिने, निर्वाचन चिह्न कसैलाई पनि नदिएर फ्रिज गर्ने खालका ठूलो षडयन्त्र भइरहेको बताए ।

विगतमा पनि यस्ता षडयन्त्र भइरहेको तर निर्वाचन आयोगले कानन र यथार्थको आधारमा निर्णय गरेको नजिर रहेकाले यसपटक पनि आयोगले निष्पक्ष निर्णय गर्ने विश्वास व्यक्त गरे । अध्यक्ष नेपालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिक नेतृत्व आफूहरूले नै रहेको दाबीसमेत गरे ।

jackson ribon