birat ribon

सभामुख सापकोटाको निर्णयप्रति राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको आपत्ति

Neuro
सभामुख सापकोटाको निर्णयप्रति राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको आपत्ति

काठमाडौँ/राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक निकायका पदाधिकारी नियुक्तिका लागि संवैधानिक परिषद्ले गरेको सिफारिस फिर्ता पठाएकोमा गम्भीर आपत्ति जनाएका छन् ।

Padelux insider
cura insider

सोमबार पत्रकार सम्मेलन गरी अध्यक्ष तिमिल्सिनाले सभामुखको अधिकारक्षेत्र र पत्रमा प्रयोग भएको व्यहोराप्रति आपत्ति जनाएका हुन् । संघीय संसद्अन्तर्गत दुई सदन रहेको र दुवै सदनका पदाधिकारीको हैसियत बराबर रहेकाले प्रतिनिधिसभाका सभामुखले मात्रै एकल ढंगले निर्णय गर्न नमिल्ने उनको तर्क थियो । उनले सभामुखको एकल निर्णयले सङ्घीय संसद्को अर्को सदन राष्ट्रियसभाको गरिमामा प्रहार भएको बताए ।

उनले भने, ‘सङ्घीय संसद् तथा सो अन्तर्गतका समितिको व्यवस्थापन, सञ्चालनसमेतको व्यवस्था गर्ने अधिकार प्रतिनिधिसभाका सभामुखमा निहीत भएको भन्ने व्यहोराले दुई सदनात्मक सङ्घीय व्यवस्थापिकासम्बन्धी संवैधानिक व्यवस्था, स्थापित अभ्यास, माथिल्लो सदन राष्ट्रियसभाको भूमिका र गरिमामा प्रहार भएको छ ।’

नेपालको संविधान र सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०७५ ले संयुक्त समितिहरू सञ्चालनको अधिकार सङ्घीय संसद्को कुनै एक सदन वा पदाधिकारीमा निहीत नगरेको जिकिर उनको छ । उनले सुनुवाइका लागि परिषद्ले गरेको सिफारिस संसदीय सुनुवाइ समितिको दुई तिहाइबाहेकका अन्य कुनै पनि निकाय वा पदाधिकारीलाई अस्वीकार वा फिर्ता गर्ने कानुनी व्यवस्था नभएको बताए ।

उनले भने, ‘मसमेत सहभागी भई निर्णय भएको संवैधानिक परिषद्का सिफारिसहरू विधिसम्मत ढङ्गले संसदीय सुनुवाइ समितिलाई उपलब्ध गराइएको हो । प्रतिनिधिसभा विघटनपूर्व सङ्घीय संसद्का महासचिव एवम् सुनुवाइ समितिका सचिवलाई सिफारिसपत्रहरू उपलब्ध भएको र प्रक्रियामा रहेको अवस्थामा हठात् सिफारिसपत्रहरू नेपालको संविधान र सङ्घीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ विपरीत सभामुखको एकल निर्णयले फिर्ता पठाएकोमा गम्भीर आपत्ति प्रकट गर्दछ ।’

उनले दुई सदनात्मक व्यवस्थामा दुवै सदन बराबरी रहे पनि राष्ट्रियसभा नै छैन जस्तो गरी आइतबार सिफारिस फिर्ता पठाउने काम भएको र त्यसमा राष्ट्रियसभाको संलग्नता नरहेको स्पष्ट पारे ।
उनले अधिकारप्राप्त निकायबाट आएका कुनै पनि कागजात सङ्घीय संसद्को दुवै सदनका सम्पत्ति भएको बतायो ।

आइतबार सङ्घीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले विज्ञप्ति जारी गरी प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले आफू निहीत अधिकार प्रयोग गरी परिषद्ले गरेको पदाधिकारी नियुक्तिसम्बन्धी सक्कलै कागजात परिषद् सचिवालयमा फिर्ता पठाइएको जनाएका छन् ।

jackson ribon