birat ribon

एपिएफको २२ गोल, सावित्रा एक्लैले गरिन् १२ गोल

Neuro
एपिएफको २२ गोल, सावित्रा एक्लैले गरिन् १२ गोल

काठमाडौँ । काठमाडौँमा जारी राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टोली एपिएफले फराकिलो जित निकालेको छ । सोमबार भएको दोस्रो खेलमा एपिएफले चौदण्डीगढी नगरपालिकामाथि २२–० गोलको जित निकालेको हो ।

Padelux insider
cura insider

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपिएफलाई जिताउन सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले १२ गोल गरिन् । यस्तै अनु लामाले पाँच गोल गर्दा अनिता बस्नेतले तीन तथा सरु लिम्बू र रेनुका नगरकोटीले समान एक–एक गोल गरिन् ।

एपिएफले पहिलो हाफमा १२ गोल गरेकाे थियो भने दोस्रो हाफमा दस गोल थपेको थियो ।

जितसँगै शीर्ष स्थानकाे एपिएफले छैटाैँ जित निकालेकाे छ ।

jackson ribon