birat ribon

आज एक सय ५९ जनामा कोरोना सङ्क्रमण

Neuro
आज एक सय ५९ जनामा कोरोना सङ्क्रमण

विराटनगर । देशभर सोमबार एक सय ५९ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थप एक सय ५९ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

Padelux insider
cura insider

यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७१ हजार एक सय १८ पुगेको छ ।

नेपालमा आज थप दुई सय ६४ सङ्क्रमित निको भएर घर फर्किएका छन् । यससँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ६६ हजार छ सय पुगेको छ ।

हाल दुई हजार चार सय ८९ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

आज कोरोनाबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार २९ रहेको छ ।

jackson ribon