birat ribon

आगोले जलेको दुई दिनपछि महिलाको मृत्यु

Neuro
आगोले जलेको दुई दिनपछि महिलाको मृत्यु

विराटनगर/शरीरमा लगाएको कपडाबाट सल्किएको आगोले जलेर घाइते भएकी मोरङको रतुवामाई नगरपालिकाकी एक महिलाको दुई दिनपछि मृत्यु भएको छ ।

Padelux insider
cura insider

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार आगोले जलेर रतुवामाई–४ आमबारीकी ४९ वर्षीया फूलकुमारी राजवंशीको ज्यान गएको हो । घरमा बालेर ताप्ने क्रममा शरीरमा लगाएको कपडाबाट आगो सल्किएर उनी घाइते भएकी थिइन् । घटना शनिबार साँझ ६ः२० बजेतिरको हो ।

उपचार गराउन रङ्गेली अस्पताल लगिए पनि त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि महिलालाई विराटनगरको कोसी अस्पताल ल्याइएको थियो । कपडाबाट सल्किएको आगोले कम्मरमुनिको भाग जलेर घाइते भएकी राजवंशीको उपचारकै क्रममा सोमबार दिउँसो २ः३० बजेतिर कोसी अस्पतालमा मृत्यु भएको एसपी खड्काले बताए ।

बोल्न सक्ने सामान्य अवस्थामै उनलाई उपचारका लागि ल्याइएको थियो । तत्काल हेर्दा अवस्था समान्य देखिए पनि उपचार गरेर महिलालाई बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

jackson ribon