birat ribon

नविताले सञ्चालनमा ल्याइन् टेबलटेनिस एकेडेमी

Neuro
नविताले सञ्चालनमा ल्याइन् टेबलटेनिस एकेडेमी

काठमाडौँ / आठ पटककी राष्ट्रिय च्याम्पियन टेबल टेनिसकी नविता श्रेष्ठले टेबलटेनिस एकेडेमी सञ्चालनमा ल्याएकी छन् । ‘स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमी’ नाम दिइएको एकेडेमीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्यले एकेडेमीको संयुक्त रूपमा उद्घाटन गरेका छन् ।

Padelux insider
cura insider

टेबल टेनिसबाट खेल जीवन सुरुआत गर्न चाहनेका लागि लक्षित गरी एकेडेमी सञ्चालनमा ल्याइएको एकेडेमीमा प्रतियोगिता समेत खेलाउन सकिने नविताले बताइन् । देशैभरिबाट सम्भावना बोकेका खेलाडीलाई अवसर दिने लक्ष्य रहेको पनि नविताको भनाइ छ ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालनमा ल्याउन लागिएको एकेडेमीको कुल लागत ३५ लाख रुपैयाँ रहेको छ । छ वटा टेबलटेनिस बोर्ड राखिएको एकेडेमीमा सञ्चालनमा आएसँगै ११ खेलाडी आवद्ध भइसकेका छन् । एकेडेमीको उद्घाटनमा पुगेका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सरकारी र निजी क्षेत्रबाट खेलकुदमा लगानी गरेर अगाडि बढेमा खेलकुद क्षेत्रले फड्को मार्ने बताए ।

jackson ribon