काठमाडौँ । काठमाडौँमा जारी राष्ट्रिय महिला लिग फुटबलमा अहिले विभागीय टोली एपिएफले चौदण्डीगढी नगरपालिकासँग खेलिरहेको छ ।
अहिले जारी खेलको पहिलो हाफ सकिँदा एपिएफले चौदण्डगढी नगरपालिकाविरुद्ध १२–० गोलको अग्रता बनाएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपिएफको लागि सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले पाँच गोल गरिन् भने अनु लामाले चार तथा रेनुका नगरकोटी, अनिता बस्नेत, सरु लिम्बूले समान एक–एक गोल गरिन् ।