birat ribon

वाग्मती प्रदेशसभा बैठक फागनु ५ गतेसम्म स्थगित

Neuro
वाग्मती प्रदेशसभा बैठक फागनु ५ गतेसम्म स्थगित

काठमाडौँ/बागमती प्रदेशको प्रदेशसभा फागुन ५ गतेसम्मका लागि स्थगित भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका सांसदहरूले विरोध जनाएका छन् ।

Padelux insider
cura insider

बागमती प्रदेश, प्रदेशसभाको आज (माघ १९ गते) बोलाइको बैठक सभामुख सानुकुमार श्रेष्ठले फागुन ५ गतेसम्मका लागि स्थगित गरेपछि सांसदहरूले विरोध जनाएका हुन् । नेकपाका प्रचण्ड–माधव समूहका सांसदहरूले प्रदेश सभाको बैठक बोलाउन माग गर्दै प्रदेशसभा सचिवालयमा नाराबाजीसमेत गरेका छन् ।

सभामुख श्रेष्ठले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने सांसदहरू र अन्य दलसँग समेत कुनै छलफल नगरी, कार्य व्यवस्था परामर्श समितिको बैठक समेत नराखी, कुनै कारण नखुलाई संसद् स्थगन गर्नुभएको भन्दै तत्काल सच्याउन माग गर्दै सांसदहरूले विरोध प्रदर्शन गरेका हुन् ।

त्यसलगत्तै आयोजना गरिएको पत्रकार सम्मेलनमा सांसद अष्टलक्ष्मी शाक्यले सभामुखले एकलौटी ढंगले कसैसँग पनि छलफल नगरी बैठक सार्ने काम गर्नुभएको बताइन् । सभामुख श्रेष्ठले तटस्थ भएर निर्णय गरेको नभई अल्पमतमा रहेको सरकारको छायाको रूपमा काम गरेको आरोपसमेत सांसद शाक्यले लगाइन् । उनले बैठक स्थगन गर्ने कदम सच्याएर तत्काल बैठक राख्नसमेत माग गरिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद रहेको छ । त्यसको असर प्रदेशसभामा पनि देखिएको छ ।

jackson ribon