birat ribon

यस कारण समय नपुग्दै प्रसव पीडा भई शिशु जन्मन सक्छ

Neuro
यस कारण समय नपुग्दै प्रसव पीडा भई शिशु जन्मन सक्छ

विराटनगर/गर्भवती महिलाले समयपूर्व शिशुलाई जन्म दिनुअगाडि समयपूर्व प्रसव (प्रिटर्म लेवर)मा जाने हुन्छ ।

Padelux insider
cura insider

यदि डेलिभरी हुने मितिभन्दा तीन हप्ताअघि लेवरमा गएमा यसलाई प्रिटर्म लेवर र डेलिभरी मानिन्छ । बच्चा लामो समयसम्म गर्भमा बढ्दा, जन्मपछि बच्चामा कुनै समस्या हुने सम्भावना कम हुन्छ । तर, निर्धारित समयभन्दा अगाडि वा समयपूर्व प्रसव पीडा हुने वा डेलिभरीले बच्चाको विकास र वृद्धि ढिलो गराएर अशक्तता, अटिजम, सुन्ने र देख्ने क्षमतामा कमी, फोक्सोमा समस्या हुने जोखिम रहन्छ ।

समयपूर्व प्रसव पीडा हुने वा डेलिभरी हुने जोखिम कारक :

– गर्भवती हुनुभन्दा पहिले तौल बढी वा कम भएमा

– गर्भावस्थामा हेरचाहमा गरेको लापरवाहीका कारण

– गर्भावस्थामा रक्सी, ड्रग्स वा धुम्रपानको सेवन गरेमा

– उच्च रक्तचाप, मधुमेह, सङ्क्रमण, इक्ल्याम्पसिया वा रगत जम्न नसक्ने समस्या भएमा

– गर्भमा जुम्ल्याहा वा धेरै बच्चा भएमा

– इन भिट्रो फर्टिलाइजेसनको सहायताले गर्भवती भएकामा

– बच्चा जन्माउनेबित्तिकै गर्भवती भएकामा

– बच्चामा समस्या भएमा

– समयपूर्व प्रसव पीडा वा डेलिभरी हुने व्यक्तिगत वा पारिवारिक इतिहास

बच्चाको समयपूर्व डेलिभरीबाट बच्न, सतर्क हुन र समयपूर्व हुने प्रसवका लक्षणका बारेमा बुझ्न आवश्यक हुन्छ । लक्षण थाहा पाएर चाँडो डाक्टरकोमा जानाले बच्चाको जीवनमा ठूलो फरक पार्न सक्छ । यदि निम्न लक्षण देखापरे भने तुरून्त डाक्टरसँग परामर्श लिनुपर्ने हुन्छ :

– लगातार सङ्कुचन (प्रत्येक १० मिनेट वा अधिकमा)

– तल्लो ढाड दुख्ने

– तल्लो पेटमा महिनावरीको समयमा हुनेजस्तो दुखाइ वा पखाला हुँदा निम्तिने दुखाइजस्तो लाग्न पनि सक्छ

– योनीमा दवाब बढ्ने

– योनीबाट तरल पदार्थ चुहिने

– योनी स्रावमा वृद्धि हुने वा योनीबाट रक्तस्राव हुने

ढाड दुख्नेजस्ता केही लक्षण सामान्य गर्भावस्थाका लक्षणजस्तै हुने हुँदा भिन्नता छुट्याउन हुन गाह्रो हुन्छ । तर, सतर्क रहेर कुनै चेतावनी सङ्केत अनुभव भएमा आफ्नो जाँच गराउनु नै उचित हुन्छ ।

jackson ribon