birat ribon

पिएसजी नछोड्ने बताउँदै नेयमार भन्छन् : एम्बाप्पे पनि यहीँ बसुन्

Neuro
पिएसजी नछोड्ने बताउँदै नेयमार भन्छन् : एम्बाप्पे पनि यहीँ बसुन्

विराटनगर । ब्राजिलियन स्टार नेयमारले पहिलोपटक आफू फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)मा खुसी रहेको उल्लेख गरेका छन् । लिग वान च्याम्पियन क्लब छोड्ने चर्चाका बीच नेयमारले पिएसजीमै बस्ने मनसाय राख्दै आफू पेरिसमा खुसी रहेको बताएका हुन् ।

Padelux insider
cura insider

आइतबार राति लोरियन्टसँगको खेलपछि पत्रकारसँग बोल्दै नेयमारले यस्तो बताएका हुन् । गए राति पिएसजी लोरियन्टसँग उसैको मैदानमा ३–२ गोलले पराजित भएको थियो, जसमा नेयमारले दुई गोल गरेका थिए ।

सो खेलपछि बोल्दै नेयमारले भने, ‘म आज खुसी छु । साँच्चिकै म खुसी छु । धेरै कुरा परिवर्तन भएका छन् । तर कसरी म वास्तवमै वर्णन गर्न सक्दिनँ । आज मैले राम्रो अनुभव लिइरहेको छु । म यो कुरा स्वीकार्छु । म यहाँ धेरैनै खुसी छु र म पिएसजीमा नै बस्न चाहन्छु ।’

यसैगरी नेयमारले सहकर्मी तथा फ्रेन्च स्टार किलियन एम्बाप्पे पनि पिएसजीमै बसुन् भन्ने आफ्नो चाहना रहेकाे खुलाए । ‘एम्बाप्पे पनि पिएसजीमै बसुन् भन्ने मेरो चाहना छ । हामी चाहन्छौँ कि पिएसजी एउटा महान् क्लब होस् । म खुसीसाथ यहाँबाट नै निरन्तर फुटबल खेल्न चाहन्छु, यो नै महत्त्वपूर्ण कुरा हो’, उनले थपे ।

‘एम्बाप्पेसँगको मेरो सम्बन्ध दाजु–भाइजस्तै छ । हामी साँच्चै नै एकसाथ खेल्न चाहन्छौँ । एम्बाप्पे गोल्डेन ब्वाइ हुन्, म उनलाई सोही नामबाट बोलाउँछु । मैदानमा उनी अविश्वनीय छन् । उनी र म उस्तैउस्तै नै छौँ,’ उनले भने ।

jackson ribon