birat ribon

कोभिडले पुरुष प्रजनन क्षमतामा दीर्घकालीन असर गर्न सक्ने

Neuro
कोभिडले पुरुष प्रजनन क्षमतामा दीर्घकालीन असर गर्न सक्ने

विराटनगर/कोभिडले पुरुष प्रजनन क्षमतामा दीर्घकालीन असर गर्न सक्ने जर्मनीमा गरिएको एक अध्ययनले दावी गरेको छ ।

Padelux insider
cura insider

वैज्ञानिकहरूले कोभिडको सङ्क्रमणबाट निको भएका र कहिले पनि सङ्क्रमित नभएका समूहमा वीर्य गुणस्तरको तुलना गरेका थिए । कोभिड भएकामा शुक्राणुको गुणस्तर कम र प्रजनन क्षमतामा पनि कमी आएको अध्ययनले पत्ता लगाएको हो । अनुसन्धानकर्ताहरूले पत्ता लगाएअनुसार कोभिडले शुक्राणु विकृत हुने, कम चलायमान हुने र वीर्यमा शुक्राणु कम मात्रामा फेला पर्ने सम्भावना बढी देखापरेको थियो, जसले गर्भधारण गर्न अझ गाह्रो बनाउँछ ।

जर्मनीको जिसेनस्थित जस्टस–लाइबिग विश्वविद्यालयका विज्ञहरूले कोभिड भएका ८४ र नभएमा एक सय बढी पुरुषहरूको ६० दिनसम्म विश्लेषण गरेका थिए । अध्ययनले कोभिडको सङ्क्रमण भएको ६० दिनसम्म वीर्यको गुणस्तरमा उल्लेखनीय गिरावट भएको पत्ता लगाएको छ । कोरोना भाइरसले अण्डकोषलाई कसरी असर गर्छ भन्ने कुरा स्पष्ट छैन ।

तर, वैज्ञानिकहरूले ज्वरो जुन कोभिडको सामान्य लक्षण हो यसले समेत अण्डकोषलाई क्षति पुर्‍याउन सक्षम हुने बताएका छन् । अध्ययनमा शुक्राणुको गुणस्तरमा हुने क्षति समयसँगै कम हुने र सङ्क्रमणबाट निको भएको केही समयपछि सामान्य हुने बताइए पनि गम्भीर बिरामी परेका पुरुषहरूमा समस्या थप खराब हुने देखिएको थियो ।

अध्ययनपछि अनुसन्धानकर्ताहरूले कोभिडको सङ्क्रमणबाट निको भएका पुरुषहरूलाई बच्चाका लागि प्रयास गर्नुअघि एकपटक प्रजनन स्वास्थ्य जाँच गर्न सल्लाह दिएका छन् ।

jackson ribon