birat ribon

मेस्सीविनाको टोलीबाट धेरै अपेक्षा गर्न सकिँदैन : कोइम्यान

Neuro
मेस्सीविनाको टोलीबाट धेरै अपेक्षा गर्न सकिँदैन : कोइम्यान

विराटनगर । बार्सिलोनाका मुख्य प्रशिक्षक रोनाल्ड कोइम्यानले लियोनल मेस्सीको प्रशंसा गरेका छन् । आइतबार राति ला लिगाअन्तर्गत एथ्लेटिक बिल्बाओविरुद्धको खेलमा एक गोल गरेका अर्जेन्टिनी स्टार मेस्सी विश्वकै उत्कृष्ट खेलाडी भएको कोइम्यानको भनाइ छ ।

Padelux insider
cura insider

गए राति बार्सिलोनाको मैदान क्याप नोउमा घरेलु टोलीको जितमा कप्तान लियोनल मेस्सी र एन्टोइन ग्रिजम्यानले समान एक–एक गोल गरेका थिए । खेलको २०औं मिनेटमा मेस्सीले गोल गरेका थिए ।

सो गोलसँगै मेस्सीले बार्सिलोनाका लागि छ सय ५० गोल पूरा गरेका छन् । उनले बार्सिलोनाबाट सात सय ५५ खेल खेलेका छन् ।

यता, बिल्बाओलाई २–१ गोलले हराउँदै बार्सिलोना शीर्ष दुईमा उक्लिएको थियो । बार्सिलोनाले साविक विजेता रियल मड्रिडलाई उछिन्दै दोस्रो स्थान पक्का गरेको थियो । बार्सिलोनाले २० खेलमा ४० अङ्क बनाएको छ ।

समान खेल खेलेको रियलसँग ४० अङ्क छ । तर, गोलान्तरको आधारमा बार्सिलोनाले दोस्रो स्थान पक्का गरेको हो । त्यसबाहेक बार्सिलोना एथ्लेटिकसँग बदलासमेत लिएको थियो । यसअघि एथ्लेटिकले बार्सिलोनालाई ३–२ गोलले हराउँदै स्पेनिस सुपर कपको उपाधि जितेको थियो ।

‘हामीलाई थाहा छ कि उनी (मेस्सी) विश्वकै उत्कृष्ट खेलाडी हुन्’, कोइम्यानले खेलपछि बोल्दै भने, ‘उनले क्लबका लागि धेरै गरेका छन् । उनी महान् खेलाडीमध्ये एक हुन्, उनले हामीलाई सिर्जनात्मक तबरले धेरै कुरा दिएका छन् । मेस्सीविनाको टोलीबाट धेरै अपेक्षा गर्न सकिँदैन ।’

jackson ribon