birat ribon

कोरोनाका कारण घटे कुष्ठरोगी

Neuro
कोरोनाका कारण घटे कुष्ठरोगी

ललितपुर/कोभिड महामारीका कारण कुष्ठरोगीको सङख्यामा कमी आएको जनाइएको छ । लामो समयदेखि कुष्ठरोग रोग उपचार गर्दै आएको गोदावरी नगरपालिका–६ स्थित आनन्द वन अस्पतालले यस वर्ष कुष्ठरोगीको संङ्ख्यामा कमी आएको जनाएको छ ।

Padelux insider
cura insider

चालू आर्थिक वर्ष २०७६÷७७ मा अस्पतालबाट सेवा लिने बिरामीको सङ्ख्या दुई हजार ४४ रहेकोमा गत आव २०७५÷७६ मा दुई हजार नौ सय २१ रहेको अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल निर्देशक डा. महेश शाहले गत १० महिनाअघि मुलुकमा फैलिएको कोरोना महामारीका कारण अस्पतालमा उपचार गराउन आउने कुष्ठरोगीको सङ्ख्यामा कमी आएको बताए ।

यसैगरी, अस्पतालमा बहिरङ्ग सेवा लिन आउने पनि आधा घटेका थिए । यसवर्ष मात्र तीन हजार ६ सय ५० ले सो सेवा लिए भने गत आवमा ६ हजार एक सय ६३ ले लिएका थिए । राष्ट्रियस्तरमा नयाँ बिरामीमा यस आवमा एक हजार आठ ५३ ले उपचार गरे । गत आवमा भने तीन हजार दुई सय ८२ ले सेवा लिएका थिए ।

दि लेप्रोसी मिसन नेपालका तालिम संयोजक गोपाल पोखरेलले अस्पतालले कोरोना कहरको समयमा कुल दुई ९८ कुष्ठप्रभावितको निःशुल्क उपचार सेवा दिएको बताए । उनले भने, ‘७२ कुष्ठरोग प्रभावितलाई अस्पताल क्वारेन्टिनमा राखी उपचार सेवा दिएकोमा १७ को नतिजा पोजेटिभ आयो ।’ एकको मृृत्युसमेत भएको पोखरेलले जानकारी दिए । रासस

jackson ribon