birat ribon

नेपाल र कतारबीचको टी–ट्वान्टी सिरिज स्थगित

Neuro
नेपाल र कतारबीचको टी–ट्वान्टी सिरिज स्थगित

काठमाडौँ/नेपाली राष्ट्रिय क्रिकेट टिमको कतार भ्रमण स्थगित भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमबार विज्ञप्ति जारी गर्दै नेपाल र कतारबीचको टी–ट्वान्टी सिरिज स्थगित भएको जनाएको हो ।

Padelux insider
cura insider

नेपालले कतारसँग उसको घरेलु मैदानमा फेब्रुअरी नौबाट सुरु हुनेगरी तीन म्याचको टी–ट्वान्टी शृङ्खला खेल्ने तय भएको थियो । नेपाल र कतारबीचको बाइल्याट्रल टी–ट्वान्टी सिरिजअन्तर्गतको खेल फ्रेबुअरी ९, १० र १२ मा हुने तय भएको थियो ।

जसका लागि नेपाली टोलीले फेब्रुअरी १ बाट बन्द प्रशिक्षण सुरु गर्ने तालिका थियो । तर कोरोना महामारीका कारण कतार सरकारको निर्णयबमोजिम सो सिरिज स्थगित भएको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जनाएका छन् ।

jackson ribon