birat ribon

जाडोमा नङ निलो हुने कारण यस्तो

Neuro
जाडोमा नङ निलो हुने कारण यस्तो

विराटनगर/जाडोको समयमा चिसोका कारणले वा चिसो पानी वा चिसो बस्तु छुँदा कहिलेकाहीँ नङको रङ निलो भएको देखिन सक्छ ।

Padelux insider
cura insider

रातो रक्तकोषमा कम स्तरको अक्सिजनको प्रसारण वा अक्सिजनको प्रसारणको अभावका कारण नङको रङ निलो भएको देखिने हुन्छ । यो अवस्थालाई साइनोसिस भनेर चिनिन्छ । रगतमा पर्याप्त अक्सिजनको मात्रा नहुँदा साइनोसिस हुन्छ जसकारण छाला वा छाला तल हुने झिल्लीलाई बैजनी र निलो रङ बनाउँछ ।

नङमा देखिएको रङले शरीरमा हेमोग्लोबिनको एक असामान्य उच्च स्तर शरीरभरि प्रसारण भएको पनि प्रतिनिधित्व गर्छ । हेमोग्लोबिन प्रोटिन हो जुन रगतमा अक्सिजन शरीरभरि प्रसारण गर्नका लागि जिम्मेवार हुन्छ । धेरैजसो चिसो तापक्रमका कारण नङको रङ निलो हुन सक्छ । किनभने चिसो तापक्रमले रक्त नलीहरूलाई सीमित गर्न बाध्य गराई साँघुरो बनाउँछ ।

रक्तनली साँघुरो भएका कारण सही मात्रामा अक्सिजनयुक्त रगत नङमा पुग्न गाह्रो हुने वा धेरै समय लाग्ने हुन्छ । यदि तापक्रम बढाउँदा वा हात मालिस गर्दा सामान्य नङको रङ फर्कन्छ भने निलो रङ सम्भवतः शरीरको त्यो भागमा चिसो तापक्रमको कारण पर्याप्त रगत आपूर्ति नभएको बुझिन्छ ।

चिसो तापक्रमका कारण नङमा देखिएको निलो रङ शरीरको एक सामान्य प्रतिक्रिया हो जुन शरीरले आन्तरिक अङ्गलाई सही तापक्रम राख्न खोज्दा देखापर्ने हुन्छ । तर, नङ निलो भइरह्यो भने शरीरमा कुनै रोग भएको वा संरचनात्मक असामान्यता भएको जनाउँछ जसले शरीरका विभिन्न अङ्गमा अक्सिजनयुक्त रातो रगतलाई पुर्‍याउने क्षमतामा हस्तक्षेप गर्छ ।

नङको रङ निलो हुनुपछाडि विभिन्न कारण पनि हुनसक्छ । अस्थमा, निमोनिया, ब्रोङ्काइटिस, स्वासप्रश्वासको समस्या, फोक्सोमा रगत जम्दा, जन्जात हृदयका समस्या हुँदा, हर्ट फेल भएका कारण, रक्तकोष वा रक्तवाहिकाहरूमा समस्या भएका कारण पनि नङको रङ निलो हुने वा स्यानोसिस भएको हुनसक्छ ।

jackson ribon