birat ribon

यी हुन् नियमित अन्तरालमा रक्तदान गर्नुका फाइदा

Neuro
यी हुन् नियमित अन्तरालमा रक्तदान गर्नुका फाइदा

विराटनगर/रक्तदानबाट कसैले जीवन पाउन सक्छ । यो आफैँमा रक्तदान गर्नुको मुख्य फाइदा हो । रक्तदान गर्दा कमजोरी हुने, बिरामी पर्नेजस्ता सोच धेरैमा आउने गरेको पाइन्छ ।

Padelux insider
cura insider

तर, रक्तदान गर्नेले दान गर्ने मानिसको शरीरका लागि आश्चर्यजनक फाइदा गर्ने गर्छ । सामान्यतः १६ वर्षभन्दा बढी र ५० किलोग्रामभन्दा बढी तौल भएका व्यक्ति रक्तदान गर्न योग्य मानिन्छन् । रक्तदान गरेपछि मनमा खुसी र सन्तुष्टिको भाव उत्पन्न हुन्छ । र, यसले तनावलाई पनि कम गर्न मद्दत गर्छ । रक्तदान गराउनाले शरीरको निःशुल्क चिकित्सा जाँच गराउने अवसर पाइन्छ ।

रक्तदानका बेला रक्तदाताको तौल, रक्तचाप, हेमोग्लोबिन र ब्लड ग्रुपको परीक्षण गरिन्छ । रक्तदानपछि एचआइभी, मलेरिया, हेपाटाइटिस तथा एन्टीबडीलगायतका परीक्षण पनि गरिन्छ । रक्तदान गर्नाले नयाँ स्वस्थ रक्तकोषिकाको निर्माण हुन्छ । शरीरलाई स्वस्थ राख्न रक्तकोषको महत्वपूर्ण भूमिका हुन्छ । नियमित रुपमा रक्तदान गर्नाले शरीरमा बन्ने नयाँ रगत स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

नियमित समयको अन्तरमा रक्तदान गर्नाले शरीरमा आइरनको मात्रा सन्तुलित रहन्छ । आइरनको मात्रा सन्तुलित भएको खण्डमा रगत पातलो भई मुटुका लागि निकै फाइदाजनक हुन्छ । साथै, यसले हृदयाघातको जोखिमबाट समेत टाढा राख्न मद्दत गर्छ । रक्तदान गर्दा कलेजोमा समेत सकारात्मक असर पर्न जान्छ । नियमित रुपमा रक्तदान गर्नाले क्यान्सरजस्ता खतरनाक रोगबाट पनि बचाउन सकिन्छ ।

एक पिन्ट रक्तदान गर्दा शरीरबाट छ सय ५० क्यालोरी खपत हुने हुँदा यसले तौल नियन्त्रण गर्न पनि मद्दत गर्छ । रक्तदान स्वस्थ मानिसको लागि सुरक्षित हुन्छ । रगत दान गरेपछि केही व्यक्तिलाई वाववाकी आउने, हल्का टाउको दुख्ने वा चक्कर आउने हुनसक्छ । यदि यी समस्या देखिए पनि यो केही मिनेटमात्र रहने गर्छ । एक पटक रक्तदान गरेपछि तीनदेखि चार महिना नपुगेसम्म फेरि रगत दान गर्नु हुँदैन ।

त्यस्तै, महिलाहरुमा महिनावारी भएमा, गर्भवती भएमा रक्तदान नगर्नु नै उचित ठानिन्छ ।

jackson ribon