birat ribon

कक्षा १२ को नतिजा सार्वजनिक

Neuro
कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ/राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । केही बेरपहिले सम्पन्न बोर्ड बैठकको निर्णयपश्चात नतिजा सार्वजनिक गरिएको हो ।

Padelux insider
cura insider

कक्षा १२ को नजिता सार्वजनिक गर्ने तयारीका लागि सोमबार बिहान १० बजे राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठक बोलाइएको थियो ।

बोर्डले यस वर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णांकको मात्र परीक्षा लिएको थियो । यसअघि बोर्डले १० माघभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, नम्बर इन्ट्रीको काम सकिन समय लागेका नतिजा सार्वजनिक गर्न ढिलाइ भएको बोर्डले जानकारी दिएको थियो ।

गत ९ देखि १६ मङ्सिरसम्म सञ्चालन भएको परीक्षामा नियमित र आंशिक गरी चार लाख तीन हजार एक सय ८० विद्यार्थी सहभागी भएका थिए ।

नतिजा बोर्डको वेबसाइट र नेपाल टेलिकममार्फत् हेर्न सकिने छ ।

jackson ribon