birat ribon

ग्यास्ट्रिकलाई बेवास्ता गर्न नहुने

Neuro
ग्यास्ट्रिकलाई बेवास्ता गर्न नहुने

विराटनगर/हरेक नेपालीलाई जीवनमा एक न एक पटक ग्यास्ट्रिक भएकै हुन्छ ।

Padelux insider
cura insider

खानपान गर्ने तरिका र तालिका नमिल्दा ग्यास्ट्रिकको समस्याले सताउने गर्छ । पेटमा प्रकृतिक रुपले एसिड र अन्त तत्व उत्पादन हुन्छ । खानेकुरा पचाउने, खानासँग खाएको ब्याक्टेरिया मार्नेदेखि सङ्क्रमणबाट पनि एसिडले बचाउने गर्छ । यो एसिड निस्किएपछि यसले पेटलाई समेत गलाउन सक्छ जसकारण यसबाट बच्न शरीरमा आफ्नै प्रक्रिया हुन्छ । कुनै कारणवस उक्त प्रक्रियामा ह्रास आएमा ग्यास्ट्रिक हुन्छ ।

खानपानबाहेक ब्याक्टेरियाको सङ्क्रमण, धेरै मदिराको सेवन, केही औषधिको प्रयोग, दीर्घकालीन तनाव, मधुमेह, किड्नीको समस्या वा प्रतिरक्षा प्रणाली कमजोर भएका कारणले ग्यास्ट्रिक हुन सक्छ । ग्यास्ट्रिक भएमा पेटको भित्री भाग सुन्निनु, ग्यास बढ्ने हुन्छ । यसले पाचन प्रणालीमा समेत बाधा उत्पन्न गराउँछ । जसकारण पेट फुल्ने, हावा भरिएको अनुभूति हुने, खाना नपच्ने, लामो समय नखाँदा पेट पोल्ने, पेट दुख्ने, खान मन नलाग्ने, वाकवाकी हुने, वान्ता आउने, ढ्याउ आइरहने, तौल घट्नेदेखि लिएर बढ्दै गएमा अल्सरसम्मको समस्या हुन्छन् । सामान्य समस्या सोचेर ग्यास्ट्रिकलाई बेवास्ता गर्ने गरिन्छ ।

तर, लामो समयसम्म ग्यास्ट्रिकले सताएमा शरीरमा भिटामिन, प्रोटिनको कमी हुने, एनेमिया हुने, पेट तथा आन्द्राको अल्सर वा क्यान्सर हुने, अल्सर बिग्रिँदै गएर रगत नै वान्ता हुने, सास फेर्न गाह्रो हुनेलगायतका समस्या देखापर्न सक्छ । ग्यास्ट्राइटिसबाट पीडित मानिस चिया र कफीबाट पनि बच्नुपर्छ । दूध र दूधजन्य पदार्थ पनि ग्यास्ट्रिकको समस्या भएकाले प्रयोग नगर्दा राम्रो हुन्छ ।

ग्यस्ट्रिकको समस्या हुन नदिनका लागि अत्यधिक नुन भएको, चिल्लो, बोसोयुक्त खानाको सेवन नगर्ने, अत्यधिक मासु वा जङ्क फुडको सेवन नगर्ने, प्रशोधित खानेकुरा, रक्सी तथा चुरोट त्याग्ने, एसिड भएको खानाको सेवन गर्नबाट बच्नुपर्छ । ग्यस्ट्रिकबाट बच्नका लागि समयमा पटक–पटक खाने, फलफूल र तरकारीमा जोड दिने, कुखुरा, माछा लगायतका सेतो मासुको सेवन गर्ने, दही, गेडागुडी, पचाउन सजिलो हुने खानेकुराको सेवन गर्नुपर्छ ।

jackson ribon