birat ribon

एलिना भइन् ‘नेपाल स्टार’ विजेता

Neuro
एलिना भइन् ‘नेपाल स्टार’ विजेता

विराटनगर/गायन रियालिटी सो ‘नेपाल स्टार’को विजेता पोखराकी एलिना गुरुङ भएकी छन् । देशभर गरिएको अडिसनबाट छनोट भएका एक सय ८० जना प्रतिस्पर्धीमध्येबाट अन्तिम छनोटका लागि चुनिएका चार उत्कृष्ट गायकबीच अन्तिम प्रतिस्पर्धा र दर्शकको भोटिङबाट गुरुङ विजेता घोषित भएकी हुन् ।

Padelux insider
cura insider

उपाधिसँगै गुरुङले ३५ लाख रूपैयाँको चेक र एक करोड रूपैयाँको जीवन बीमा पाएकी छन् । उपविजेता बनेका सुरेश लामा, सन्देश बम्जम लामा र लक्ष्मण लिम्बूले जनही पाँच लाख रूपैयाँको चेकसहित ५० लाख बराबरको जीवन बीमा प्राप्त गरेका छन् ।

उनीहरूलाई सूचना, सञ्चार तथा प्रविधिमन्त्री पार्वत गुरुङ, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र बिष्टलगायतले पुरस्कार रकमको चेक हस्तान्तरण गरेका छन् ।

उक्त रियालिटी सोमा रामकृष्ण ढकाल, अन्जु पन्त र आलोकश्री जजको भूमिकामा थिए । कोरोना महामारीका कारण गत चैतदेखि स्थगित भएको सो असोज पहिलो साताबाट पुनः सञ्चालन भएको थियो ।

jackson ribon