birat ribon

कक्षा १२ को नतिजा आज सार्वजनिक गरिँदै

Neuro
कक्षा १२ को नतिजा आज सार्वजनिक गरिँदै

विराटनगर । गत मंसिर लिइएको कक्षा १२ को परीक्षाको परीक्षाफल (नतिजा) आज सार्वजनिक गरिँदै छ ।

Padelux insider
cura insider

राष्ट्रिय परीक्षा बोर्डको आइतबार बसेको बैठकले नतिजा प्रकासित गर्ने निर्णय लिएको हो । त्यसको अन्तिम तयारीका लागि सोमबार बिहान १० बजेपछि बोर्डको बैठक बोलाइएको छ ।

कोरोना महामारीका कारण वैशाख र जेठमा लिनुपर्ने परीक्षा मंसिरको ९ देखि १६ गतेसम्म सञ्चालन गरिएको थियो । स्नातक तहको शैक्षिक सत्र प्रभावित हुन नदिन संक्षिप्त परीक्षा लिएर एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको भए पनि त्यसको प्राप्तांक शिक्षकले जथाभावी पठाएपछि नतिजा प्रकासनमा ढिलाइ भएको बोर्डले जनाएको छ ।

बोर्डले कुल पूर्णाङ्कमध्ये ४० प्रतिशतको संक्षिप्त परीक्षा सञ्चालन गरेको थियो । चाँडो नतिजा प्रकाशित गर्न विद्यालयमै विषय शिक्षकले उत्तरपुस्तिका परीक्षण गरेका थिए । विद्यार्थीको प्राप्तांक बोर्डको प्रदेश कार्यालयहरूबाटै नजिता प्रकाशनको सिस्टममा इन्ट्री गराउने व्यवस्था मिलाइएको थियो ।

कार्यविधिले ४० प्रतिशत पूर्णाङ्कको संक्षिप्त परीक्षा, ४० प्रतिशत पूर्णाङ्कको कक्षा ११ को प्राप्तांक र २० प्रतिशत पूर्णाङ्कको विद्यार्थीको आन्तरिक मूल्यांकनका आधारमा कक्षा १२ को मूल्यांकन गर्ने निर्णय गरेको थियो ।
यस पटक कक्षा १२ को परीक्षामा चार लाख ३२ हजार पाँच सय परीक्षार्थी सहभागी भएका थिए । देशभरका चार हजार एक सय परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । यसअघि एक हजार एक सय परीक्षा परीक्षा केन्द्रमा परीक्षा लिइएको थियो ।

नतिजा प्रकासनपछि विद्यार्थीलाई बोर्डले नै ग्रेडसिटलगायतको प्रमाणपत्र दिनेछ । कक्षा १२ को नतिजामा ढिलाइ भए पनि विश्वविद्यालयहरूले स्नातक तहमा भर्ना खोलिसकेका छन् ।

jackson ribon