birat ribon

आगोले जलेर झापामा एक वृद्धको मृत्यु

Neuro
आगोले जलेर झापामा एक वृद्धको मृत्यु

विराटनगर/झापाको कचनकवल–१ घेराबारीमा आगोले जलेर एक वृद्ध पुरुषको मृत्यु भएको छ ।

Padelux insider
cura insider

आगलागीमा परेर ६० वर्षीय गोवर्द्धन राजवंशीको मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डीएसपी राकेश थापाले बताए । उनकाअनुसार सोमबार बिहान १ बजेतिर राजवंशीको घरमा आगो लागेको थियो । काठको खम्बा, टिनको बेरा र टिनकै छानो भएको एकतले घरमा रातको समयमा आगो लागेपछि निस्किएर भाग्न नसक्दा जलेर राजवंशीको ज्यान गएको हो ।

प्रहरी, दमकल र स्थानीयको सहयोगमा राति २ बजेतिर आगो नियन्त्रणमा लिइएको भए पनि मानवीय क्षति हुनबाट जोगिएन । प्रहरीले आगो नियन्त्रणमा लिएर घरमा सुतिरहेका घरधनी राजवंशीलाई बचाउने प्रयास गरे पनि सम्भव नभएको जनाएको छ । आगोले उनले पालेका एउटा गाई, दुईटा बाछा र तीनवटा बाख्रासमेत जलेर मरेको डीएसपी थापाले बताए । प्रहरीले आगलागीको कारण खुल्न बाँकी रहेको जनाएको छ ।

jackson ribon