birat ribon

कार बम बिस्फोटमा परेर सिरियामा १२ जनाको मृत्यु

Neuro
कार बम बिस्फोटमा परेर सिरियामा १२ जनाको मृत्यु

विराटनगर । उत्तरपश्चिम सिरियामा भएको कार बम बिस्फोटमा परेर कम्तीमा १२ जनाले ज्यान गुमाएका छन् । २९ जनाभन्दा बढी घाइते भएका छन् ।

Padelux insider
cura insider

अधिकारीहरुले घटनामा परेर मृत्यु र घाइते भएकाहरुको सङ्ख्या बढ्न सक्ने अनुमान गरेका छन् । विद्रोही लडाकुको नियन्त्रणमा रहेका क्षेत्रमा श्रृंखलावद्ध रुपमा बिस्फोट भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । सुरक्षा अधिकारीकाअनुसार विद्रोही समूहले सिरियाका विभिन्न क्षेत्रमा हिंसात्मक गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।

विद्रोहीको नियन्त्रणमा रहेका क्षेत्रहरुमा निरन्तर आक्रमण भइरहेको बताइएको छ । अघिल्लो महिनाभर सो क्षेत्रमा कम्तिमा एक दर्जनभन्दा बढी विस्फोटका घटनाहरु भएको सुरक्षा अधिकारीले बताएका छन् ।

सिरियाको सरकारी समाचार एजेन्सी सानाले कुर्द नेतृत्वको सिरियाली डेमोक्र्याटिक फोर्सेज (एसडिएफ) विरुद्ध विरोध प्रदर्शन गर्दै सरकार समर्थक प्रदर्शनकारीहरुमाथि आक्रमण भएपछि गोली हानाहानको घटना भएको उल्लेख गरेको छ । सिरियाका कुर्द समुदायका लडाकुहरुले सन् २०११ देखि जातीय युद्ध सुरु गरेसँगै सिरियामा हिंसात्मक घटनाहरु भइरहेका छन् ।

jackson ribon