birat ribon

रिट निवदेकको बहस सकियो

Neuro
रिट निवदेकको बहस सकियो

विराटनगर । प्रतिनिधिसभा (संसद) विघटनसम्बन्धी मुद्दामा चलिरहेको सुनुवाइमा रिट निवेदकका तर्फबाट बहस सकिएको छ ।

Padelux insider
cura insider

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित पाँच न्यायाधीशको संवैधानिक इजलासमा बहस चलिरहेको छ । गत माघ ४ गतेदेखि सुनुवाइ सुरु भएको थियो । आइतबार निवेदकतर्फका कानुन व्यवसायी गोपाल पाण्डे, खडानन्द कँडेल, खीमानन्द अधिकारी, कलमबहादुर खत्री, यदुनाथ खनाल, अमिता गौतम पौडेल, क्रितिनाथ शर्मा पौडेल र लोकेन्द्र ओलीले बहस गरे ।

रिट निवेदकका तर्फबाट अन्तिम बहस तुलसी सिम्खडाले गरेका थिए । बहसमा अधिवक्ता सिम्खडाले धारा ७६ को उपधारा १ अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरे पनि राजीनामा नदिएका कारण संसद् पुनस्र्थापनापछि पनि उनै प्रधानमन्त्री रहने जिकिर गरे ।

आइतबार निवेदकको बहस सकिएकाले सोमबारबाट सरकारी पक्षले बहस गर्नेछ । विघटनको निर्णयलाई सरकारी पक्षबाट महान्यायाधिवक्ता अग्नि खरेलसहित ११ जनाले बहस गर्नेछन् । त्यस्तै सभामुख अग्नि सापकोटाका कानुन व्यवसायीले बहस गर्नेछन् । त्यस्तै एमिकस क्युरीका तर्फबाट पाँच जना सदस्यले आफ्नो राय प्रस्तुत गर्नेछन् ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेका थिए । राष्ट्रपति विधादेवी भण्डारीले केही घण्टामै अनुमोदन गरेकी थिइन् । विघटनविरुद्ध १३ थान निवेदन सर्वोच्चमा पुगेका छन् । राजधानी दैनिकमा समाचार छ

jackson ribon