birat ribon

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकी सैनिक हिरासतमा

Neuro
म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकी सैनिक हिरासतमा

विराटनगर । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीलाई त्यहाँको सैनिकले नियन्त्रणमा लिएर आफ्नो हिरासतमा राखेको छ ।

Padelux insider
cura insider

सैन्य शासकले पक्राउ गरेर उनलाई हिरासतमा लिएको हो । नागरिक सरकार र सैन्य शासकहरुले कु गर्न सक्ने तनावकै बीच नेतृ सुकीलाई पक्राउ गरिएको सुकीको पार्टी नेसनल लिग फर डेमोक्रेसीका प्रवक्ताले जानकारी दिएका छन् । गत नोभेम्बरमा भएको संसदीय निर्वाचनमा सुकी नेतृत्वको पार्टी नेशनल लिग डेमोक्रेसीले सरकार गठनका लागि आवश्यक बहुमत प्राप्त गरेको भए पनि सैन्य शासकहरुले निर्वाचनमा धाँधली भएको भन्दै सरकार गठन गर्न दिएका थिएनन् ।

सैन्य शासकले सरकार गठनलाई पछि सार्दै आइरहेका बेला निर्वाचनबाट आफ्नो दललाई पहिलो पार्टी बनाउन सफल भएकी सुकीलाई नै पक्राउ गरेर हिरासतमा लिइएको हो । सुकीको पार्टीले आजै (सोमबार) सरकार गठन गर्ने कार्यतालिका बनाएको थियो । तर सैन्य शासकले सेना प्रयोग गरी नेतृ सुकीलाई पक्राउ गरेपछि त्यसको चौतर्फी आलोचन र विरोध हुन थालेको छ ।

म्यानमारमा पछिल्लो समय सत्तारुढ दल र सेनाबीच सम्बन्ध चिसिएको छ। सोमबार बिहानै सेनाले उनलाई नियन्त्रणमा लिएको हो । सुकीलाई नियन्त्रण राखेपछि म्यानमारमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध बनाइएको बीबीसीले जनाएको छ ।

सुकीले यसअघि चार दिने नेपाल भ्रमण पनि गरेकी थिइन् । तत्कालीन प्रधानमन्त्री स्वः सुशील कोइरालाको निमन्त्रणामा नेपाल आएकी उनले काठमाडौंमा समाजवादी लोकतन्त्रको महत्व विषयक कार्यक्रममा सहभागिता जनाएकी थिइन् । उनले भ्रमणका क्रममा तत्कालीन राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री कोइरालालगायत दलका नेताहरुसँग भेटघाट र छलफल गरेकी थिइन् ।

jackson ribon