birat ribon

स्वारेजको दुई गोल, एथ्लेटिकोलाई दस अङ्कको अग्रता

Neuro
स्वारेजको दुई गोल, एथ्लेटिकोलाई दस अङ्कको अग्रता

विराटनगर । स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिडले जित निकालेको छ । आइतबार राति एथ्लेटिकोले कार्डिज सिटीलाई ४–२ गोलले हराएको हो ।

Padelux insider
cura insider

कार्डिजको मैदानमा एथ्लेटिकोले सुरुआती अग्रता बनाएको थियो । खेलको २८औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै एथ्लेटिकोलाई अग्रता दिलाए । ३५औं मिनेटमा कार्डिजका अल्भारो नेग्रेडोले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा फर्काए ।

Image

४४औं मिनेटमा साउल निगुएजले गोल गर्दै पहिलो हाफभरि एथ्लेटिकोलाई अग्रता दिलाए । खेलको ५०औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गर्दै एथ्लेटिकोलाई ३–१ गोलको अग्रता दिलाए ।

७१औं मिनेटमा कार्डिजका नेग्रेडोले दोस्रो गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरे । तर, ८८औं मिनेटमा कोकेले गोल गर्दै एथ्लेटिकोलाई ४–२ गोलको जित दिलाए ।

जितसँगै एथ्लेटिकोले तालिकामा दस अङ्कको अग्रता बनाएको छ । शीर्ष स्थानको उसले १९ खेलमा ५० अङ्क जोडको छ ।

दोस्रो स्थानको बार्सिलोना र तेस्रो स्थानको रियलसँग समान ४० अङ्क छ । बार्सिलोना र रियलले २० खेल खेलेका छन् । कार्डिज भने २४ अङ्कका साथ १३औं स्थानमा छ ।

jackson ribon