birat ribon

विश्वमा सक्रिय सङ्क्रमित अढाई करोडभन्दा बढी

Neuro
विश्वमा सक्रिय सङ्क्रमित अढाई करोडभन्दा बढी

विराटनगर । विश्वमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या अढाई करोडभन्दा बढी रहेको छ ।

Padelux insider
cura insider

सक्रिय सङ्क्रमितको उपचार जारी छ । हालसम्म विश्वमा दुई करोड ६१ लाख ५८ हजार चार सय ६४ जना सक्रिय सङ्क्रमित रहेका छन् । ती मध्ये एक लाख आठ हजार एक सय २६ जनाको अवस्था चिन्ताजनक छ । सङ्क्रमितमध्ये सात करोड ५१ लाख छ हजार ६७ जना उपचारपछि निको भएका छन् ।

एकै दिन तीन लाख ८३ हजार पाँच सय ३० जना नयाँ बिरामी थपिए । हालसम्म सङ्क्रमित सङ्ख्या १० करोड ३५ लाख एक हजार चार सय ६१ पुगेको छ । कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या २२ लाख ३६ हजार नौ सय ३० पुगेको छ । पछिल्लो २४ घण्टामा नौ हजार १८ कोरोना सङ्क्रमितको मृत्यु भयो ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा ९९ लाख ११ हजार सात सय ४९ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रियमध्ये २४ हजार चार सय ४९ जनाको अवस्था गम्भीर छ । एक करोड ६३ लाख ९८ हजार आठ सय ९१ जना उपचारपछि निको भएका छन् ।

एकै दिन एक लाख तीन हजार एक सय ५५ जना नयाँ बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या दुई करोड ६७ लाख ६२ हजार आठ सय ५१ पुगेको छ । पछिल्लो २४ घण्टामा एक हजार आठ सय २१ जनाले ज्यान गुमाएसँगै अमेरिकामा हालसम्म मृत्यु हुने सङ्क्रमित सङ्ख्या चार लाख ५२ हजार दुई सय १४ पुगेको छ ।

पछिल्लो समय सङ्क्रमण दर कम हुँदै गइरहेको छिमेकी मुलुक भारतमा सक्रिय सङ्क्रमित सङ्ख्या एक लाख ७० हजार दुई सय तीन रहेको छ । आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ । एक करोड चार लाख ३३ हजार नौ सय ८८ जना उपचारपछि कोरोनामुक्त बनेका छन् ।

एकै दिन एक सय १६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुने सङ्क्रमित सङ्ख्या एक लाख ५४ हजार चार सय २८ पुगेको छ । ११ हजार पाँच सय २८ नयाँ बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या एक करोड सात लाख ५८ हजार छ सय १९ पुगेको छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

ब्राजिलमा सक्रिय सङ्क्रमित सङ्ख्या नौ लाख ५३ हजार एक सय ५५ रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ । ८० लाख २७ हजार ४१ सङ्क्रमित निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा पाँच सय ६१ जनाले ज्यान गुमाएसँगै हालसम्म मृत्यु हुने सङ्क्रमित सङ्ख्या दुई लाख २४ हजार पाँच सय ३४ पुगेको छ ।

२७ हजार सात सय ५६ जना नयाँ बिरामी थपिएपछि सङ्क्रमित ९२ लाख चार हजार सात सय ३१ पुगेका छन् । ब्राजिल कोरोना प्रभावितमध्ये तेस्रो नम्बरमा रहेको मुलुक हो ।

कोरोनाबाट प्रभावित हुनेमध्ये चौथो नम्बरमा रहेको मुलुक रसियामा चार लाख ७७ हजार दुई सय ५३ सक्रिय सङ्क्रमित रहेका छन् । दुई हजार तीन सय जनाको अवस्था चिन्ताजनक छ । ३३ लाख चार जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

चार सय ८५ जनाको मृत्यु पछिल्लो २४ घण्टामा भएपछि हालसम्म मृत्यु हुने सङ्ख्या ७३ हजार एक सय ८२ पुगेको छ । १८ हजार तीन सय ५९ नयाँ बिरामी थपिएपछि सङ्क्रमित ३८ लाख ५० हजार चरा सय ३९ पुगेको छ ।

पाँचौं नम्बरमा रहेको बेलायतमा २० लाख ३७ हजार ८२ सक्रिय सङ्क्रमित रहेकोमा तीन हजार आठ सय २२ जनाको अवस्था गम्भीर छ । १६ लाख ७३ हजार नौ सय ३६ जना उपचारपछि निको भएर कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् ।

एकै दिन पाँच सय ८७ जनाले ज्यान गुमाएसँगै हालसम्म मृत्यु हुने सङ्क्रमित सङ्ख्या एक लाख छ हजार एक सय ५८ पुगेको छ । पछिल्लो २४ घण्टामा २१ हजार ८८ नयाँ बिरामी थपिए । हालसम्म बेलायतमा ३८ लाख १७ हजार एक सय ७६ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।

jackson ribon