birat ribon

सालाह चम्किँदा लिभरपुल तेस्रो स्थानमा

Neuro
सालाह चम्किँदा लिभरपुल तेस्रो स्थानमा

विराटनगर । इङ्ग्लिस प्रिमियर लिगमा साविक विजेता लिभरपुल तेस्रो स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा वेस्ट ह्याममाथि ३–१ गोलको जित निकाल्दै लिभरपुल तेस्रो स्थानमा उक्लिएको हो ।

Padelux insider
cura insider

वेस्ट ह्यामको मैदानमा लिभरपुललाई जिताउन मोहम्मद सालाहले दुई गोल गर्दा जर्जिनियो विज्नाडमले एक गोल गरे । वेस्ट ह्यामका क्राग डास्वनले एक गोल फर्काए ।

Image

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५७औं मिनेटमा सालाहले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए । ६८औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए ।

८४औं मिनेटमा विज्नाडमले गोल गरेपछि लिभरपुलले ३–० गोलको अग्रता बनायो । ८७औं मिनेटमा वेस्ट ह्यामका डास्वनले सान्त्वना गोल गरे ।

Image

जितसँगै लिभरपुलले २१ खेलमा ४० अङ्क जोडेको छ । वेस्ट ह्याम भने ३५ अङ्कका साथ पाँचौं स्थानमा छ ।

jackson ribon