birat ribon

लेइस्टरको मैदानमा लिड्सको जित

Neuro
लेइस्टरको मैदानमा लिड्सको जित

विराटनगर । इङ्ग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले लेइस्टर सिटीलाई हराएको छ । आइतबार राति भएको खेलमा लिड्सले लेइस्टरलाई ३–१ गोलले हराएको हो ।

Padelux insider
cura insider

लेइस्टरको मैदानमा घरेलु टोलीले सुरुआती अग्रता बनाएको थियो । खेलको १३औं मिनेटमा हाभ्रे बर्नेसले गोल गर्दै लेइस्टरलाई सुरुआती अग्रता दिलाएका थिए । १५औं मिनेटमा स्टुआर्ट डल्लसले गोल गर्दैै लिड्सलाई बराबरीमा फर्काए ।

७०औं मिनेटमा प्याट्रिक बामफोर्डले गोल गर्दै लिड्सलाई अग्रता दिलाउँदा ८४औं मिनेटमा ज्याक ह्यारिसनले गोल गर्दै लिड्सलाई जित दिलाए ।

जितसँगै लिड्सले २० खेलमा २९ अङ्क जोडेको छ । ऊ तालिकाको १२औं स्थानमा छ । लेइस्टर भने ३९ अङ्कका सात तेस्रो स्थानमा छ । उसले २१ खेल खेलेको छ ।

jackson ribon