birat ribon

नेयमारले दुई गोल गरेको खेलमा पिएसजी पराजित

Neuro
नेयमारले दुई गोल गरेको खेलमा पिएसजी पराजित

विराटनगर । फ्रेन्च लिग वानमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पराजित भएको छ । आइतबार राति भएको खेलमा पिएसजी लोरियन्टसँग ३–२ गोलले पराजित भएको हो ।

Padelux insider
cura insider

लोरियन्टको मैदानमा घरेलु टोलीले सुरुआती अग्रता बनाएको थियो । खेलको ३६औं मिनेटमा लाउरेन्ट अब्रेगलले गोल गर्दै लोरियन्टलाई अग्रता दिलाए ।

४५औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै पिएसजीलाई बराबरीमा फर्काए । खेलको ५८औं मिनेटमा पिएसजीले पुनः पेनाल्टीको मौका पाएको थियो, जसमा नेयमारले दोस्रो गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए ।

८०औं मिनेटमा याने विसाले गोल गर्दै लोरियन्टलाई पुनः बराबरीमा फर्काए । र, खेलको इन्ज्युरी मिनेटमा टेरेम मोफीले गोल गर्दै लोरियन्टलाई ३–२ गोलले जिताए ।

यससँगै पिएसजीले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । दोस्रो स्थानमा रहेकाे उसले २२ खेलमा ४५ अङ्क जोडेको छ । १८औं स्थानको लोरियन्टले २१ खेलमा १८ अङ्क जोडेको छ ।

jackson ribon