birat ribon

नोविता र सिजुकाको विवाह हुने

Neuro
नोविता र सिजुकाको विवाह हुने

विराटनगर । कार्टुन फिल्म भन्नेबित्तिकै हामीमध्ये धेरैको दिमागमा ‘डोरेमोन’ को छवि नाच्न थाल्छ । हरेक उमेर समूहका दर्शकले रुचाउने ‘डोरेमोन’ अब फेरि एकपटक ठूलो पर्दामा आउँदैछ ।

Padelux insider
cura insider

‘डोरेमोन’ जापानिज् एनिमेटेड कार्टुन श्रृङ्खला हो । जसमा ‘नोविता’ र ‘डोरेमोन’ को मित्रता देख्न पाइन्छ । अब यो जोडी पुनः एक पटक ठूलो पर्दा अर्थात् फिल्ममा देखिदैछन् ।

सन् २०१४ मा आएको एनिमेटेड फिल्म ‘स्ट्यान्ड बाइ मि डोरेमोन’ को सिक्वेल आउन लागेको छ । फिल्मलाई ताकाशी यामाजाकी र रुयुची यागीले निर्देशन गरेका हुन् ।

स्ट्यान्ड बाइ मि डोरेमोन २ मा कार्टुन श्रृङ्खला ‘डोरेमोन’ मा देखाइएको सम्पूर्ण पात्रलाई देख्न सकिनेछ । फिल्मको ट्रेलर सार्वजनिक भइसकेको छ । ट्रेलरमा नोविता र सिजुका यसपटक विवाह गर्न लागेको देखाइएको छ । यसैकारण फिल्मको सिक्वेललाई लिएर दर्शक उत्साहित छन् ।

jackson ribon