birat ribon

सरकारले संवैधानिक अङ्गहरूमाथि हस्तक्षेप बन्द गर्नुपर्छ : केदारभक्त माथेमा

Neuro
सरकारले संवैधानिक अङ्गहरूमाथि हस्तक्षेप बन्द गर्नुपर्छ : केदारभक्त माथेमा

काठमाडौँ । प्रतिनिधिसभा विघटनको विरोधमा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूले सिर्जनात्मक रूपमा आन्दोलन गरेका छन् ।

Padelux insider
cura insider

आइतबार काठमाडौँको सिफलमा समाजका विभिन्न क्षेत्रका ब्यक्तित्वहरूले प्रतिनिधिसभा विघटनको विरोधमा आफ्नो कला तथा सिर्जनाको माध्यमबाट विरोध प्रदर्शन गरेका हुन् ।

सो कार्यक्रममा शिक्षाविद् केदारभक्त माथेमाले सरकारले संवैधानिक अङ्गहरूमाथि हस्तक्षेप गरेकाले हस्तक्षेप बन्द गर्नुपर्ने बताए ।

सरकारले विश्वविद्यालयलगायत राज्यका कुनैपनि निकायमा राजनीतिक हस्तक्षेप गर्न नहुने, सङ्घीयताप्रति सरकारको प्रतिबद्धता हुनुपर्ने र समाजवादको प्रतिबद्धता हुनुपर्ने उनको भनाइ छ ।

लेखक खगेन्द्र सङ्ग्रौलाले नागरिक आन्दोलनको मर्म संसद् पुनर्स्थापना र संविधानको रक्षा गर्नुमात्रै नभएर संविधान संशोधन गराउनेसम्म रहेको बताए ।

jackson ribon