birat ribon

दिल्लीमा यो वर्षको जनवरीमा धेरै दिन चिसो

Neuro
दिल्लीमा यो वर्षको जनवरीमा धेरै दिन चिसो

विराटनगर । भारतीय मौसम विभागले दिल्लीमा यो वर्षको जनवरीमा धेरै दिन चिसो भएको जनाएको छ । विभागले आइतबार यो वर्ष दिल्लीमा सन् २००८ पछि पहिलोपटक लगातार सात दिनसम्म अत्यधिक चिसो भएको छ ।

Padelux insider
cura insider

आइतबार विहान दिल्लीको न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियस रहेको थियो भने आइतबारसँगै विगत सात दिनमा चार दिनसम्म भारतको राजधानी सहर दिल्लीको मौसम अत्यधिक चिसो रहेको थियो ।

यो अवधिमा अत्यधिक न्यूनतम चीसो भएको दिन २.१ डिग्री सेल्सियस मङ्गलबार र बिहीबारको न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस रहेको थियो । दिल्लीमा नयाँ वर्ष अर्थात् जनवरी १ का दिन न्यूनतम तापक्रम १.१ डिग्री सेल्सियस रहेको थियो भने यो दिन दिल्लीमा विगत १५ वर्षमा सबैभन्दा चिसो भएको थियो ।

यस पहिले सन् २००८ मा दिल्लीमा जनवरीका १२ दिन अत्यधिक चिसो रहेका रेकर्ड रहेको थियो । सामान्यतया चार डिग्री सेल्सियसभन्दा कम तापक्रम रहेमा यसलाई चिसो समय मानिने विभागले जनाएको छ । तापक्रम दुई डिग्री वा सोभन्दा कम भएमा यो अत्यधिक चिसो (कोल्ड वेभ) हो ।

विभागअन्तर्गतक्षेत्रीय मौसम पूर्वानुमान केन्द्र प्रमुख कूलदीप श्रीवास्तवले यो वर्षको जनवरीमा सन् २००८ पछि पहिलो पटक आठ दिन तापक्रम चिसो रहेको पाइएको बताए । १३ वर्ष पहिले उक्त महिनामा १२ दिन तापक्रम निकै चिसो रहेको उनको भनाइ छ ।

उनका अनुसार सन् २०१९ र २०२० मा दिल्लीमा यसप्रकारको चिसो एक दिन मात्र रहेको थियो भने सन् २०१३ मा छ दिन रहेका थिए । रासस

jackson ribon