birat ribon

ओलीले आफूतिर मान्छे तान्न भएभरको शक्ति लगाए : नेता नेपाल

Neuro
ओलीले आफूतिर मान्छे तान्न भएभरको शक्ति लगाए : नेता नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले आफुतिर मान्छे तान्न भएभरको शक्ति लगाएको बताएका छन् ।

Padelux insider
cura insider

आइतबार आफूनिकट अखिल नेपाल किसान महासङ्घको केन्द्रीय समितिको दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले भएभरको शक्ति लगाएर आफूतर्फ तान्ने प्रयास गरेको भएपनि धेरै नेताहरूले अस्वीकार गरेको बताए ।

प्रतिनिधि पुनर्स्थापना भए ओली पक्षका २० जना नेताहरूले आफूहरूलाई साथ दिने बचन दिएको पनि नेता नेपालले बताए । नेपालले पार्टीले गर्ने विरोधसभामा किसानहरूको तर्फबाट उल्लेख्य सहभागिता जनाउन तथा आफ्नो पक्षमा नेता कार्यकर्तालाई राखिरहन निर्देशनसमेत दिए ।

jackson ribon