birat ribon

विराटनगर जुनियर जेसीज अध्यक्षमा शर्मा

Neuro
विराटनगर जुनियर जेसीज अध्यक्षमा शर्मा

विराटनगर/विराटनगर जुनियर जेसीजमा जीना शर्माले २०२१ का लागि पदभार ग्रहण गरेकी छन् । शनिबार आयोजित जुनियर जेसीजको २५औँ पद हस्तान्तरण तथा अवार्ड वितरण समारोहबीच शर्माले आफ्नो जिम्मेवारी ग्रहण गरेकी हुन् ।

Padelux insider
cura insider

२०२० का अध्यक्ष अङ्कित थापाले उनलाई आफ्नो गलामा भएको जेसीज चेन हस्तान्तरण गर्दै सपथ ग्रहण गराएका थिए । साथै नवनिर्वाचित अध्यक्ष शर्माले बोर्डका सबैलाई सपथ ग्रहण गराएकी थिइन् ।

शर्माले कानुनी सल्लाहकारमा प्रिन्स पौडेल, महासचिवमा रितेश मैनाली कोषाध्यक्षमा गौरव कर्ण, सहसचिवमा प्रतीक्षा न्यौपानेलाई नियुक्त गर्दै बोर्डलाई पूर्णता दिएकी छन् ।

यसअघि भएको साधारणसभाबाट अध्यक्ष शर्मासहित कार्यकारिणी उपाध्यक्षमा आयुशा खतिवडा र मुकेश यादव, उपाध्यक्षमा दिप्शन राई, हेनरिका ढकाल, अमन मण्डल, जनसम्पर्क अधिकारीमा सुगम बुढाथोकी र तालिम संयोजकमा विकल्प न्यौपाने, निर्विरोध निर्वाचित भएका थिए ।

अंकित थापाको सभापतित्व र विराटनगर जेसीज २०२१ का अध्यक्ष प्रदीप दाहालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विराटनगर जुनियर जेसीजका संस्थापक अध्यक्ष डा. सन्देशदास श्रेष्ठ, शाखाका पूर्वअध्यक्षहरू, छिमेकी जुनियर शाखाका अध्यक्षलगायतको सहभागिता रहेको थियो ।

jackson ribon