birat ribon

‘कमेडी च्याम्पियन सिजन २’ फागुनबाट प्रसारण हुने

Neuro
‘कमेडी च्याम्पियन सिजन २’ फागुनबाट प्रसारण हुने

विराटनगर । नेपालको पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’ फागुनबाट प्रसारण हुने भएको छ । थ्री प्रोडक्शनले निर्माण रहेको कमेडी च्याम्पियनको निर्देशक विशाल भण्डारी हुन् ।

Padelux insider
cura insider

पहिलो सिजनमा भएका केही कमजोरीलाई सुधारेर दोस्रो सिजनलाई अझै उत्कृष्ट बनाउने प्रयत्न गरिरहेको निर्देशक भण्डारी बताउँछन् । दोस्रो सिजनका लागि छ हजारभन्दा बढी डिजिटल अडिसन प्राप्त भएको थियो ।

हाल कमेडी च्याम्पियन टिम फिजिकल अडिसनको छायाङ्कनमा व्यस्त छन् । यस सिजनमा पनि सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक रहेका छन् । केकी अधिकारी निर्माता रहेको कार्यक्रम रीमा विश्वकर्माले सञ्चालन गर्नेछिन् ।

‘कमेडी च्याम्पियन सिजन २’ यही फागुना २१ गतेबाट हरेक शुक्रबार र शनिबार बेलुकी ९ बजे कान्तिपुर टेलिभिजनमार्फत प्रसारण हुनेछ ।

jackson ribon