birat ribon

ओलीले देशभित्रका राजा-रजौटासँगको साँठगाँठमा संसद् विघटन गरे : प्रचण्ड

Neuro
ओलीले देशभित्रका राजा-रजौटासँगको साँठगाँठमा संसद् विघटन गरे : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीले देशभित्रका राजा-रजौटासँगको साँठगाँठमा प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन् ।

Padelux insider
cura insider

आइतबार आफूनिकट अखिल नेपाल किसान महासङ्घको केन्द्रीय समितिको दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले देशभित्रका सामन्ती राजा रजौटा र निरङ्कुशतावादीहरूसँग साँठगाँठ गरेर प्रतिनिधिसभा विघटन गरेको बताएका हुन् ।

उनले देशबाहिरका दक्षिणपन्थी प्रतिक्रियावादीहरूको इशारामा ठूलो डिजाइनअन्र्तगत नेपाली जनतालाई अपमानित गर्ने रणनीतिका साथ जनताले हासिल गरेका राजनीतिक उपलब्धीमाथि प्रहार गरिएको पनि बताए ।

अध्यक्ष प्रचण्डले प्राप्त उपलब्धीको रक्षाको निम्ति पुनः जुर्मुराएर आन्दोलित हुनुपर्ने अवस्था आएको औँल्याए ।

jackson ribon