birat ribon

एनेमियाका यी लक्षण देखा परे पनि वास्ता नलागेको हुनसक्छ

Neuro
एनेमियाका यी लक्षण देखा परे पनि वास्ता नलागेको हुनसक्छ

विराटनगर । शरीरका राता रक्तकोषको कमी भएमा एनेमिया (रक्तअल्पता) हुन्छ । बालबालिका, महिला तथा वृद्ध उमेरका मानिसमा एनेमिया हुने सम्भावना धेरै रहन्छ । वंशाणुगत, शरीरबाट अत्याधिक मात्रामा रगत निष्काशन भएमा, खानामा पर्याप्त पोषणतत्वको कमी भएमा, महिनावारीमा अत्याधिक रक्तश्राव भएमा, गर्भवती भएका अवस्थामा वा शरीरमा लागेको केही रोग विशेषले एनेमिया हुनसक्छ ।

Padelux insider
cura insider

रक्ताल्पताको धेरै प्रकार छन् । सबैको विभिन्न कारण र उपचार हुन्छन् । गर्भावस्थामा हुँदा हल्का एनीमिया देखिनु प्रमुख चिन्ताको विषय नहुनसक्छ तर, एनीमिया केही प्रकार गम्भीर स्वास्थ्य समस्याका कारण हुनसक्ने हुँदा ध्यान दिन महत्तवपूर्ण हुन्छ । रक्ताल्पता हुँदा देखिने लक्षण निकै हल्का हुने हुँदा देखा परे पनि वास्ता नलागेको हुनसक्छ ।

रगतको रातो कोषहरू घट्दै जाँदा, लक्षण प्रायः विकसित हुन्छन् । एनेमियाको कारणमा निर्भर गर्दै, यसप्रकारको लक्षण देखिन सक्छः

–रिङ्गटा लाग्ने, हल्का टाउको दुख्ने,
–छिटो वा असामान्य मुटुको धड्कन
–टाउको दुखाई
–हड्डी, छाती, पेट, र जोर्नीहरूमा दुखाई
–बच्चाहरू र किशोरमा शरीरको वृद्धिमा समस्या
–सास फेर्न गाह्रो हुनु
–छाला पहेलो वा फिक्का हुँदै जानु
–चिसो हात र खुट्टा दुख्नु
–थकान वा कमजोरी

jackson ribon